
तिहार बिदामा पनि सर्वोच्च अदालत खुला रहने बुधबार, कात्तिक १४, २०८१ सर्वोच्च अदालत प्रशासनले निकालेको सूचनामा भनिएको छ, 'दीपावली, २०८१ को उपलक्ष्यमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि दिउँसो ३...

रेड पाण्डाको छालासहित एक जना पक्राउ बुधबार, कात्तिक १४, २०८१ उनलाई मङ्गलबार दिउँसो प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोङ्गबुले पक्राउ गरेको हो । रेड पाण्डाको छाला किनबेच हुन लागेको भन्ने सूचनाका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पोखराको लेकसाइडमा रहेको सरोवर होटलमा आगलागी बुधबार, कात्तिक १४, २०८१ होटल सरोवरको पहिलो तलामा रहेको स्टोर र स्पामा आगलागी भएको सशस्त्र प्रहरी बल कालिका गण कास्कीका गणपति (एसपी) अरुणकुमार शर्माले जानकारी दिए।

पर्वतका बलात्कार आरोपी पोखराबाट पक्राउ बुधबार, कात्तिक १४, २०८१ पर्वतका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार फलेवास नगरपालिका–६ देवीस्थानका २५ वर्षीय शक्ति श्रेष्ठलाई कास्कीको पोखरा महानगरपालिका–३३ बागमारामा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो।

तनहुँमा उत्पादित सयपत्री कतार निर्यात बुधबार, कात्तिक १४, २०८१ आँबुखैरेनी गाउँपालिका– १ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ। पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका १५० किलो सयपत्री दोहा पठाइएको हो।

रसुवागढी नाकाबाट आयात सुरु बुधबार, कात्तिक १४, २०८१ मङ्गलबार चार कन्टेनर स्याउ, दुई कन्टेनर नस्पाति र तीन कन्टेर ओखर यो मार्गबाट आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ।

डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा अदालतले दिएन अन्तरकालीन आदेश बुधबार, कात्तिक १४, २०८१ डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा उद्योगीको लाइन नकाट्न माग गर्दै परेको रिट निवेदनमा उच्च अदालतले अन्तरकालीन आदेश दिन अस्वीकार गरेको छ।

किसानले पाल्न छोडे हलगोरु, आधुनिक हलोले जोत्छ खेतबारी बुधबार, कात्तिक १४, २०८१ एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा पुग्दा खेतबारी जोत्न हल गोरु नै प्रयोग गरिन्थ्यो। खेतबारी जोत्ने हली पनि प्रशस्त हुन्थे। तर अचेल जनशक्ति अभावमा मिनिटेलर (आधुनिक हलो) बाटै हुन थालेको छ।

१३७ वर्ष पुरानो झोलुङ्गे पुल मर्मत बुधबार, कात्तिक १४, २०८१ प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुल मर्मत गरेको हो।

तीन हजार १७५ गुम्बालाई मान्यता प्रदान बुधबार, कात्तिक १४, २०८१ बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले तीन हजार १७५ गुम्बालाई मान्यता दिएको छ। देशभर सार्वजनिक गुम्बा तीन हजार ७० र निजी एक सय पाँच गुम्बा दर्ता गरेको समितिले पुराना ऐतिहासिक, पुरातात्विक महत्वका आधारमा गुम्बालाई मान्यता दिएको हो।

साढे २९ तोला सुनसहित बुटवलबाट दुई जना पक्राउ मंगलबार, कात्तिक १३, २०८१ इलाका प्रहरी कार्यालय बुटवलका अनुसार सोमबार राति १० बजेको समयमा पश्चिमबाट पूर्व जाँदै गरेको लु२ख ६५४२ नम्बरको बसमा खानतलासी गर्दा साढे ४९ लाख मूल्य बराबरको उक्त सुन बरामद भएको हो।

बलात्कार मुद्दामा दोषी ठहर भएका युवकलाई साढे १२ वर्ष कैद मंगलबार, कात्तिक १३, २०८१ जिल्ला न्यायाधीश शकुन्तला कार्कीको मंगलबारको इजलासले मकवानपुरको बकैया गाउँपालिका—१० का २६ वर्षीय विक्रम भन्ने सुजन थिङलाई १४ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो।