News Griha :: न्यूजगृह
जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

लमजुङ— लमजुङ प्रहरीले जबर्जस्ती करण मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ।

मर्स्याङ्दी गाउँपालिका–२ का २५ वर्षीय भक्तबहादुर गुरुङलाई पक्राउ गरिएको प्रहरी निरीक्षक टुलबहादुर श्रेष्ठले बताए। उनका अनुसार एकजना १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार भएका उनलाई जिल्ला बाहिरबाट पक्राउ गरेको हो।

ती युवकमाथि बालिकालाई २०८० फागुन २४ गते साँझ ७ बजेको समयमा जबर्जस्ती करणी गरेको अभियोग लागेको छ। त्यसपछि फरार रहेका भक्तबहादुरलाई अदालतबाट २०८१ जेठ ४ गते पक्राउ अनुमति लिइसकेको प्रहरीले मंगलबार राति सवा ७ बजेतिर कास्कीको पोखरा महानगरपालिका–३२ तल्लो गगनगौंडाबाट पक्राउ गरेको प्रहरीले बताएको छ।

प्रहरीले पक्राउ गरी ल्याएका भक्तबहादुरलाई बुधबार जिल्ला अदालत लमजुङबाट जबर्जस्ती करणीसम्बन्धी कसूरमा १० दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ।

ती बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा मर्स्याङ्दी गाउँपालिका–२ कै ३४ वर्षीय नन्दलाल गुरुङ पुर्पक्षका लागि लमजुङ कारागारमा रहेका प्रहरी निरीक्षक श्रेष्ठले बताए।

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  २१:०५
Weather Update