भाइटीकाको शुभ साइत आइतबार ११:३७ बजे
काठमाडौं— भाइटीकाको शुभ साइत आइतबार बिहान ११:३७ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजा पूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ ।
यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार मंगलबारदेखि सुरु भएको हो ।
बुधबार काग तिहार, बिहीबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको छ । शनिबार गाई/गोवर्द्धन पूजा, बलि पूजा, हली तिहार, म्हपूजा र नेपाल संवत् ११४५ मनाइनेछ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१ १०:०७