रौतहटमा पेस्तोलसहित भारतीय नागरिक पक्राउसोमबार, कात्तिक १९, २०८१

भिजिबिलिटी कम हुँदा दुर्गम जिल्लामा हवाई उडान प्रभावित सोमबार, कात्तिक १९, २०८१ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन। ‘मौसममा आएको खराबीका कारण दुर्गम क्षेत्रको उडान प्रभावित भएको छ। सुगम क्षेत्रका विमानस्थलको उडान नियमित रूपमा सञ्चालन भइरहेको छ,’ उनले भने।

तिहार सकिएसँगै तराई/मधेसमा छठको रौनक सुरु सोमबार, कात्तिक १९, २०८१ तिहार सकिएसँगै तराई/मधेसमा छठपर्वको रौनक सुरु भएको छ। सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ।

सुप्रिम सहकारीको रकम ठगीमा अनुसन्धान गर्न रवि लामिछानेलाई बुटवल लगिँदै सोमबार, कात्तिक १९, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी र सङ्गठित अपराध कसुरमा अनुसन्धान गर्न बुटवल लैजाने तयारी भइरहेको छ। उनी कात्तिक २ गतेदेखि सहकारी ठगी मुद्दाको अनुसन्धानकै क्रममा कास्की प्रहरी हिरासतमा छन्।

दाङमा मोटरसाइकल दुर्घटना हुँदा जनाको मृत्यु सोमबार, कात्तिक १९, २०८१ लमही नगरपालिका–५ स्थित लमही–गढवा भित्री सडक खण्डमा लमहीबाट गढवा जाँदै गरेको रा ७ प ४०७४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

मुस्ताङमा जुवा खालबाट साढे ८ लाखसहित १२ जना पक्राउ सोमबार, कात्तिक १९, २०८१ मुस्ताङमा साढे ८ लाख नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन्। आइतबार राति घरपझोङ गाउँपालिका–२ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु सोमबार, कात्तिक १९, २०८१ घोडाघोडी नगरपालिका–१० को पहमानपुरमा सुपप्र०१–०११प ४६४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँ बस्ने ५४ वर्षीय डम्मरा वलीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मौसम: यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना सोमबार, कात्तिक १९, २०८१ देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको मणिपुर आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

मङ्गलबारदेखि मौसममा क्रमिक सुधार हुने आइतबार, कात्तिक १८, २०८१ मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार सोमबार विशेष गरी बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, बाँकी पहाडी भूभागको थोरै स्थान तथा तराईका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

अर्घाखाँचीमा भारतीय कार दुर्घटना आइतबार, कात्तिक १८, २०८१ अर्घाखाँचीमा आज साँझ भारतीय कार दुर्घटनामा भएको छ।

लगाइयो भाइटीका, सकियो तिहार आइतबार, कात्तिक १८, २०८१ यमपञ्चक समेत भनिने तिहारको पाँचौँ एवं अन्तिम दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो। आज भाइटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ।

दाजु र भाइबीच भाइटीका ! आइतबार, कात्तिक १८, २०८१ मदन र सुमनले भाइटीका गर्दा सुरुमा धेरैले अनौठो माने। दाजुभाइबीच भाइटीका लगाउने सामाजिक मान्यता थिएन। सुरुका वर्ष उहाँहरू आफैँलाई असहज महसुस भयो। दाजुभाइले भाइटीका लगाउन थालेपछी ‘हामी लगाइदिन्छौँ’ भन्नेहरू भेटिए। तर, उनीहरूले सुरु गरेको भाइटीकालाई निरन्तरता दिन छाडेनन्।

तिहारमा पनि सुनसान छन् गाउँघर आइतबार, कात्तिक १८, २०८१ ‘पहिलेपहिले काग तिहारदेखि गाउँका ठिटाठिटी जम्मा हुन्थे। पाँच/छ दिनसम्म नाचगान र देउसी खेल्ने चलन हुन्थ्यो’, सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लाका ९९ वर्षीय टकबहादुर नेपालीले पुराना दिन सम्झिए, ‘तिहार लागेपछि गाउँको रौनक अर्कै हुन्थ्यो। अहिले त गाउँघरमा बुढापाकाभन्दा कोही छैनन्, गाउँ नै शून्य छ देउसी र भैलो नै सुनिँदैन।’