News Griha :: न्यूजगृह
गुल्मीमा चट्याङले २ जना घाइते
गुल्मीमा चट्याङले २ जना घाइते दिउँसो ४ बजेतिर घरमै बसिरहेको समयमा चट्याङ परेर अग्लुङको ओख्ले निवासी मुना राउत घाइते भएको स्थानीय बसन्त राउतले बताए। उनी अझै बेहोस रहेको राउतले बताए। त्यस्तै चट्याङ लागेर रिडिवन कि मञ्जु विष्ट घाइते भएकी छन्।
देउसीभैलो खेलिरहेको समूहलाई बसको ठक्कर, २ को मृत्यु, १८ घाइते
देउसीभैलो खेलिरहेको समूहलाई बसको ठक्कर, २ को मृत्यु, १८ घाइते बसले देउसीभैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकामा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्घाखाँची अस्पतालमा उपचारका क्रममा २२ वर्षीय तारा श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
बीपी राजमार्गमा बनाइएको डाइभर्सन वर्षाले क्षति पुर्‍यापछि सवारी अवरुद्ध
बीपी राजमार्गमा बनाइएको डाइभर्सन वर्षाले क्षति पुर्‍यापछि सवारी अवरुद्ध बीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्लाको रोशी गाउँपालिका–११ स्थित माम्ती र पिप्ले सडकखण्डमा बनाइएको अस्थाई डाइभर्सन आजको वर्षातले क्षति पुर्‍याएपछि सो सडकखण्डमा सवारी अवरुद्ध भएको छ।
तीन दिनपछि हुम्लामा पुनः हवाई उडान सुरु
तीन दिनपछि हुम्लामा पुनः हवाई उडान सुरु हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ। मौसम सफा भए पनि लक्ष्मी पूजाको दिनदेखि हवाई उडान हुन सकेको थिएन।
ठगी लगायत मुद्दामा रेड नोटिस जारी भएकी एक अभियुक्त कम्बोडियाबाट पक्राउ
ठगी लगायत मुद्दामा रेड नोटिस जारी भएकी एक अभियुक्त कम्बोडियाबाट पक्राउ उनलाई एनसीबी कम्बोडियाको सहयोगमा पक्राउ गरी आइतबार नेपाल फिर्ता ल्याइएको हो। 
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिइएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको काठमाडौं प्रहरीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
बीपी राजमार्ग एकतर्फी सञ्चालनमा
बीपी राजमार्ग एकतर्फी सञ्चालनमा बर्सातका कारण सडकमा लेदो थुप्रिएपछि बीपी राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा आएको छ। सोमबार बिहान परेको अविरल वर्षाले बीपी राजमार्गको काभ्रे भन्ज्याङदेखि भकुन्डेबेँसीबीच सडकखण्डमा लेदो झरेर थुप्रिएकाले सडक एकतर्फी बनेको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
डीभी भर्ने समय दुई दिन थप
डीभी भर्ने समय दुई दिन थप यसअघि ५ नोभेम्बर २०२४ सम्म कायम गरिएको समयावधि दुई दिन थपेर ७ नोभेम्बरसम्म बढाइएको नेपाल स्थित अमेरिकी राजदूतावासले जनाएको छ ।
एक वर्षदेखि टहरामै छन् रुकुम पश्चिमका भूकम्पपीडित
एक वर्षदेखि टहरामै छन् रुकुम पश्चिमका भूकम्पपीडित राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले भूकम्प प्रभावित क्षेत्रको अवस्थाबारे स्थलगत अध्ययन गरेको थियो । समितिको अध्ययन प्रतिवेदनमा भूकम्प प्रभावितको पुननिर्माण र पुनःस्थापना यथाशक्य चाँडो पूरा गर्न सरकारलाई सुझाव दिइएको छ ।
नेपाल प्रहरीमा ८ डीआईजी रिक्त, को–को छन् प्रतिस्पर्धामा?
नेपाल प्रहरीमा ८ डीआईजी रिक्त, को–को छन् प्रतिस्पर्धामा? नेपाल प्रहरीमा नायब महानिरीक्षक (डीआईजी)का  ८ पद रिक्त छन्। रिक्त ८ पदमा तीन ब्याचका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रतिस्पर्धामा छन्। तीमध्ये प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरका ब्याची समेत छन्।
३० वर्षीय युवक तामाकोशीमा बेपत्ता, एक जना पक्राउ
३० वर्षीय युवक तामाकोशीमा बेपत्ता, एक जना पक्राउ भुजेल शुक्रबार रातिदेखि बेपत्ता छन्। प्रहरीले तामाकोशी नदीमा उनको खोजतलास गरिरहेको छ। भुजेललाई बेपत्ता पारेको अभियोगमा मन्थली–१ का २७ वर्षीय मीनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंमा वर्षा, भोलिबाट मौसममा सुधार देखिने
काठमाडौंमा वर्षा, भोलिबाट मौसममा सुधार देखिने मौसमविद् गोविन्द झाका अनुसार काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरूमा वर्षा भइरहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।
Weather Update