बीपी राजमार्गमा बनाइएको डाइभर्सन वर्षाले क्षति पुर्यापछि सवारी अवरुद्ध
काभ्रे — बीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्लाको रोशी गाउँपालिका–११ स्थित माम्ती र पिप्ले सडकखण्डमा बनाइएको अस्थाई डाइभर्सन आजको वर्षातले क्षति पुर्याएपछि सो सडकखण्डमा सवारी अवरुद्ध भएको छ।
असोजको दोस्रो सातामा आएको बाढीले बीपी राजमार्गको विभिन्न सडक खण्डमा क्षति पुर्याएपछि अस्थाई ट्रयाक तथा डाइभर्सन बनाइएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विकास तामाङका अनुसार सोमबार दिउँसो परेको पानीले अस्थाई डाइभर्सन आजको वर्षातले क्षति पुर्याएपछि साँझ ५ बजेपछि राजमार्गमा सवारी अवरुद्ध भएको हो।
जसले गर्दा बीपी राजमार्ग हुँदै यात्रा गर्ने सवारीसाधनका चालकले सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१ १९:२४