देउसीभैलो खेल्नेक्रममा विवाद हुँदा खुकुरी प्रहार, ३ जना पक्राउबुधबार, कात्तिक २१, २०८१

एनआरएनएको महाधिवेशन गराउन परराष्ट्रमन्त्रीको ताकेता बुधबार, कात्तिक २१, २०८१ परराष्ट्रमन्त्री डा आरजु राणाले गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको गृहकार्य अगाडि बढाउन आग्रह गरेकी छन्।

मन्त्रीको जापान काण्डः ६ जना पक्राउ बुधबार, कात्तिक २१, २०८१ कोशीका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीसँग जापान पुगेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार तीन जना त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन्।

देशभरका सहकारीहरूको अनुगमन गरिँदै, प्राविधिक टोली गठन गर्ने निर्णय बुधबार, कात्तिक २१, २०८१ बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको स्थलगत अनुगमन गर्न प्राविधिक टोली गठन गरिने भएको छ।

स्वर्णलक्ष्मी सहकारीका लेखा समिति सदस्य पक्राउ बुधबार, कात्तिक २१, २०८१ मंगलबार राति जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले लेखा समिति सदस्य सुनिता नेवालाई पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए।

रुकुमबाट काठमाडौं आउँदै गरेको बस बागलुङमा दुर्घटना बुधबार, कात्तिक २१, २०८१ पूर्वी रुकुमबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परेको छ। बुधबार बागलुङको निसिखोला–६, जाउलेपानीमा ना८ख ८४१४ रात्रि बस दुर्घटना भएको हो।

ठमेलको एक होटलबाट पेस्तोल र गोली बरामद बुधबार, कात्तिक २१, २०८१ काठमाडौंको ठमेलबाट एक थान कटुवा पेस्तोल र ४ राउन्ड गोली बरामद भएको छ।काठमाडौं महानगरपालिका–२६ स्थित यति कोजी होटलबाट बुधबार बिहान प्रहरीले सो सङ्ख्यामा पेस्तोल र गोली बरामद गरेको हो।

डेँगु सङ्क्रमण घट्दै बुधबार, कात्तिक २१, २०८१ सबैभन्दा बढी कास्कीमा सात हजार दुई हजार २४ जनामा डेँगु सङ्क्रमण देखिएको छ। पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेँगु रोग लाग्दछ।

नक्कली खोटा नोटसहित एक जना पक्राउ बुधबार, कात्तिक २१, २०८१ नक्कली खोटा नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा नक्कली खोटा मुद्रा निर्माण गरी कारोबार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको हो।
-1730012196.jpg)
प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख, सबै रिपोर्ट सामान्य बुधबार, कात्तिक २१, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ।गत सोमबारदेखि ज्वरो आएपछि आराम गरिरहेका प्रधानमन्त्री ओलीको बुधबार स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको उनको सचिवालयले जनाएको छ।

छठको दोस्रो दिन आज ‘खरना’ बुधबार, कात्तिक २१, २०८१ लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन्। पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन्।

दीपक मनाङेलाई पक्राउ गर्न सर्कुलर मंगलबार, कात्तिक २०, २०८१ पाटन अदालतले गुरुङलाई ५ वर्षको फैसला सुनाएको थियो। त्यसअघि जिल्ला अदालत काठमाडौंले २०६३ माघ ७ गते उनलाई २ वर्ष कैदको फैसला सुनाएको थियो। जिल्ला अदालतको फैसलाविरुद्ध सरकारले पुनरावेदन गरेको थियो।

आमाको हत्या आरोपमा छोरा पक्राउ मंगलबार, कात्तिक २०, २०८१ प्रारम्भिक अनुसन्धानको क्रममा साइलीकाजीको हत्या भएको हुनसक्ने भन्दै तालिम प्राप्त कुकुरमार्फत स्निफिङ समेत गराइएको थियो। सो क्रममा साइलीकाजीको हत्या उनकै छोरा २८ वर्षका फुर्साङको संलग्नता रहेको सङ्केत पाएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मीनबहादुर घलेले बताए।