प्रदेश सांसद दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहरमंगलबार, कात्तिक २०, २०८१

त्रिभुवन विश्वविद्यालयमा भोलि शोक बिदा मंगलबार, कात्तिक २०, २०८१ त्रिविले त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष चैतन्य शर्माको कार्तिक १६ गते भएको निधनमा शोक बिदा दिएको हो।

कुवेतमा समातिए रेड नोटिस जारी भएका व्यक्ति मंगलबार, कात्तिक २०, २०८१ मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ परेका छन्।धनुषा जनकनन्दिनी गाउँपालिका–४ ठेगाना भएका दिलीप राउतलाई इन्टरपोलको सहयोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

४ वर्षमा स्वास्थ्य बीमामा आबद्ध हुने संख्या १८ प्रतिशतले बढ्यो मंगलबार, कात्तिक २०, २०८१ चार वर्षमा स्वास्थ्य बीमामा आबद्ध हुने संख्या १८ प्रतिशतले बढेको छ। आफ्नो चार वर्षे कार्यकालमा भएका उपलब्धि सार्वजनिक गर्न मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले २०७७ कार्तिकमा जनसंख्याको १२.७९ प्रतिशत स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएकोमा २०८१ कार्तिकसम्म ३० प्रतिशत आबद्ध भएको जानकारी गराए।...

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति मंगलबार, कात्तिक २०, २०८१ कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रधानमन्त्री ओली अस्वस्थ मंगलबार, कात्तिक २०, २०८१ प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंले हल्का ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले मङ्गलबार अत्यावश्यकबाहेक अरू भेटघाट नगरेको जानकारी दिए।

सादा पोसाकका प्रहरीमाथि रास्वपाका कार्यकर्ताको हातपात मंगलबार, कात्तिक २०, २०८१ रास्वपाका सभापति रवि लामिछानेको आज म्याद थपबारे निर्णय हुने भएपछि बिहानैदेखि समर्थकहरूले पोखरामा प्रदर्शन गरेका छन्। लामिछाने कात्तिक २ मा सहकारी ठगीबारेको अनुसन्धानका लागि काठमाडौंबाट पक्राउ परेका थिए।

रविमाथि अनुसन्धान गर्न प्रहरीले माग्यो थप २५ दिनको म्याद मंगलबार, कात्तिक २०, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले जिकिर लिएको जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले रविमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा थप २५ दिनको म्याद दिनुपर्ने माग गरेको हो।

कावसोतीमा गैँडाको आक्रमणमा एक जनाको मृत्यु मंगलबार, कात्तिक २०, २०८१ कावासोती नगरपालिका–७ कृष्णसार सामुदायिक वनमा गाई चराउन गएका ६५ बर्षका सुकबहादुर बोटेलाई गैँडाले आक्रमण गरेको हो।

रवि लामिछानेको समर्थनमा नाराबाजीमा उत्रिएका ७ जना पक्राउ मंगलबार, कात्तिक २०, २०८१ कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि आज अदालत लगिएको छ। सोही क्रममा उनका समर्थकसहित कार्यकर्ताले अदालत बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।

सहकारी ठगी प्रकरणःछविलाल जोशीलाई अदालत लगियो मंगलबार, कात्तिक २०, २०८१ कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनीहरूलाई आज मात्र अदालतमा पेस गर्न गरिएको हो।

पोखरीमा कार डुब्दा सर्लाहीमा दुई जनाको मृत्यु मंगलबार, कात्तिक २०, २०८१ कारमा सवार एकजना भने पौडिएर बाँच्न सफल भएका छन्। मंगलबार बिहान ४ बजे ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित सरस्वती माविको पोखरीमा अनियन्त्रित भई कार डुबेको थियो।

म्याद थपका लागि रवि लामिछानेलाई अदालत पेस गरियो मंगलबार, कात्तिक २०, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुनः म्याद थपका लागि अदालत पेस गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई आज म्याद थपको लागि कास्की जिल्ला अदालतमा लगिएको हो।