News Griha :: न्यूजगृह
करेन्ट लागेर नेपाली सेनाका लेसनायकको मृत्यु
करेन्ट लागेर नेपाली सेनाका लेसनायकको मृत्यु मृत्यु हुनेमा डडेलधुराको गन्याधुरा गाउँपालिका–१ घर भएका लेसनायक २९ वर्षीय पदमबहादुर दियाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए।
राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजा
राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजा राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका थिए। राष्ट्रपति पौडेल सुरुमा पशुपति क्षेत्रस्थित गुहेश्वरी मन्दिर अघि वाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल पुगेका थिए। त्यहाँ उनले सूर्यसहित छठी माताको पूजाआराधना एवं अर्घदान गरे।
लुटपाटको आरोपमा असईसहित दुई प्रहरी पक्राउ
लुटपाटको आरोपमा असईसहित दुई प्रहरी पक्राउ काठमाडौं उपत्यकामा हुने जघन्य र गम्भीर अपराध अनुसन्धानका निम्ति खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नै लुटपाटको घटनामा संलग्न रहेको खुलेको छ।
पोखरा विमानस्थलमा १७ महिनापछि दोश्रो अन्तर्राष्ट्रिय उडान
पोखरा विमानस्थलमा १७ महिनापछि दोश्रो अन्तर्राष्ट्रिय उडान चीनको सिचुवान एयरलाइन्सले गत वर्षको असारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो। त्यसको १७ महिनापछि बिहीबार सिचुवानले नै पोखरामा दोश्रो अन्तर्राष्ट्रिय उडान गरेको हो।
पोखरामा बस दुर्घटना, रूखमा अड्किएर मान्छे बाँचे
पोखरामा बस दुर्घटना, रूखमा अड्किएर मान्छे बाँचे कास्कीको पोखरा महानगरपालिका–२२ शान्ति स्तुपा नजिकै भएको बस दुर्घटनामा दुईजना घाइते भएका छन्। बिहीबार दिउसो करिब साढे १२ बजेको समयमा पुम्दीकोटबाट छोरेपाटनतर्फ आउँदै गरेको नवयुग डान्स क्लब दाङको भ्रमण टोली बोकेको बस दुर्घटनामा परेको हो।
सञ्चालनमा आयो चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन
सञ्चालनमा आयो चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ। रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबार साँझबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो।
एसपी र इन्स्पेक्टर मुछिएको घटनामा अनुसन्धान गर्दै सीआईबी
एसपी र इन्स्पेक्टर मुछिएको घटनामा अनुसन्धान गर्दै सीआईबी ललितपुरमा प्रहरी समेतको मिलेमतोमा ‘हनी ट्र्याप’ मा पारेको घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गर्ने भएको छ।एक जना व्यापारीलाई बलात्कारको मुद्दामा फसाउने भन्दै ३० लाख असुली गरेको घटनामा जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गर्न सीआईबीमा पठाएको हो।
क्षतिको विवरण प्राप्त नहुँदा काभ्रेमा पुनर्वास कार्यक्रम अघि बढ्न सकेन
क्षतिको विवरण प्राप्त नहुँदा काभ्रेमा पुनर्वास कार्यक्रम अघि बढ्न सकेन गत महिनाको बाढीपहिरोमा परी काभ्रेमा ७९ जनाले ज्यान गुमाए भने  भौतिक सम्पत्तिमा पनि व्यापक क्षति भयो। कैयन् घरबारविहीन भए। स्थानीय तह खोज, उद्धार तथा राहत सामग्री वितरणमा लागेको महिना नाघिसकेको छ। क्षतिको वास्तविक विवरण तयार नहुँदा पुनर्वास कार्यक्रम प्रभावित भएको छ।
१३४ यात्रुसहित आज पोखरामा सिचुवान एअरलाइन्सले दोस्रो चार्टर्ड उडान गर्ने
१३४ यात्रुसहित आज पोखरामा सिचुवान एअरलाइन्सले दोस्रो चार्टर्ड उडान गर्ने नेपाल र चीनबीचको पर्यटन र मित्रतालाई थप सुदृढ बनाउने उद्देश्यसहित कात्तिक २४ मा पोखरामा हुन लागेको तेस्रो संस्करणको पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगितामा सहभागी हुन आउने चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शक र अन्य व्यक्ति चार्टर्ड उडानमार्फत पोखरा आउन लागेका हुन् ।
भोलिदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टासम्म बन्द हुने
भोलिदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टासम्म बन्द हुने विमानस्थलभित्र रनवेसँग समानान्तर हुनेगरि ट्याक्सी वे निर्माण गर्न यही कात्तिक २३ देखि चैत १८ गतेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गर्न लागिएको हो। राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल पूर्ण रुपमा बन्द गरिने छ।
आज देशभरको मौसम सफा रहने
आज देशभरको मौसम सफा रहने हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ।
छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजा गरिँदै
छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजा गरिँदै व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन्। आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ।
Weather Update