करेन्ट लागेर नेपाली सेनाका लेसनायकको मृत्यु
हेटौँडा — मकवानपुरमा करेन्ट लागेर नेपाली सेनाका लेसनायकको मृत्यु भएको छ।
मृत्यु हुनेमा डडेलधुराको गन्याधुरा गाउँपालिका–१ घर भएका लेसनायक २९ वर्षीय पदमबहादुर दियाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए।
उनका अनुसार भीमफेदी–८, दोभानमा फाष्टट्रयाक (द्रुतमार्ग)को बेस क्याम्पमा सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन तारमा पाइप छुँदा करेन्ट लागेर उनको मृत्यु भएको हो।
उनलाई तत्काल सेनाको हेलिकप्टरमार्फत उपचारका लागि आर्मी अस्पताल छाउनी लगिएको थियो।
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१ १७:३७