मेघौलीमा गैंडाको आक्रमणबाट पथप्रदर्शक घाइतेशनिबार, कात्तिक २४, २०८१

काठमाडौं महानगरभित्र सञ्चालित होस्टलको अभिलेखीकरण सुरु शनिबार, कात्तिक २४, २०८१ काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेको होस्टलको अभिलेखीकरण सुरु गरेको छ। महानगर शिक्षा विभागका अनुसार अभिलेखीकरणपश्चात् छात्रावास थप व्यवस्थित, मर्यादित सुरक्षित र पारदर्शी बनाइनेछ।

होटेल भवनको जग खन्दा धनगढीमा भेटियो बम शनिबार, कात्तिक २४, २०८१ धनगढी उपमहानगरपालिका-३ विशालनगरमा शुक्रबार सिद्वार्थ होटेलको भवनको जग खन्ने क्रममा भेटिएको बम शनिबार बिहान निस्क्रिय पारिएको प्रहरीले जनाएको।

महोत्तरीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते शनिबार, कात्तिक २४, २०८१ घाइते तीनै जनाको बर्दीबासस्थित शुभस्वास्तिक अस्पतालमा भर्ना गरिएका छ। उनीहरुको टाउको, छाती र कम्मरमा चोट लागेको छ। मृतक र घाइतेहरू सबै ट्र्याक्टरको ट्रेलरमा बसेर सर्लाहीतर्फ जाँदै थिए। दुर्घटनामा संलग्न दुवै सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पशुलाई 'निर्दयी व्यवहार' गर्ने पक्राउ शनिबार, कात्तिक २४, २०८१ गोरुलाई निर्दयी तरिकाले बाँधेर ओसारपसार गरिरहेको आरोपमा एक ट्रक चालक पक्राउ परेका छन्। चन्द्रौटा–कृष्णनगर सडक खण्ड अन्तर्गत शिवराज नगरपालिका-७ जवाभारीबाट बारा निजगढ नगरपालिका-४ घर भएका २६ वर्षीय ट्रक चालक कमल धामी शुक्रबार ५ बजे पक्राउ परेका हुन्।

इन्डो-प्यासिफिक कमान्डका उपकमान्डर रुड नेपालमा शुक्रबार, कात्तिक २३, २०८१ अमेरिकी दूतावासका अनुसार उनी शुक्रबार काठमाडौं आएका हुन्। उनी अमेरिकी सेनाको तीन–तारे लेफ्टिनेन्ट जनरल हुन्।

कक्षा ११ र १२ का पुराना विद्यार्थीले दिन पाउने भए मौका परीक्षा शुक्रबार, कात्तिक २३, २०८१ राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ का पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षार्थीहरूलाई मौका परीक्षाको अवसर दिएको छ। बोर्डले आज(शुक्रबार) सूचना जारी गर्दै मौका परीक्षाको आवेदन फारम भर्नका लागि अनुरोध गरेको छ।

ट्रक दुर्घटनामा परी एकजनाको मृत्यु, दुई घाइते शुक्रबार, कात्तिक २३, २०८१ हिलिहाङ-६ ढकालगाउँ नजिक ना ४ ख ७१२३ नम्बरको ट्रक दुर्घटनामा पर्दा हिलिहाङ-३ साम्रेका ५७ वर्षीय भवानीशंकर पौडेलको घटनास्थलमै मृत्यु भएको हो।

विमानस्थल मर्मतले उत्पन्न समस्याको समाधान खोज्न परराष्ट्रमन्त्री राणाको आग्रह शुक्रबार, कात्तिक २३, २०८१ परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मर्मतका लागि विमानस्थल सञ्चालनको समय कटौती गरेपछि हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आग्रह गरेकी छन्।
![चितवन दुर्घटना : मृतक पाँचै जनाको सनाखत [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/0-09-90-1731026016.jpg)
चितवन दुर्घटना : मृतक पाँचै जनाको सनाखत [अपडेट] शुक्रबार, कात्तिक २३, २०८१ चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा गोरखा आरुघाट गाउँपालिका–१ मान्बुका अन्दाजी ४२ वर्षका राजबहादुर गुरुङ र दुर्घटनाग्रस्त माइक्रोबसका चालक चितवन खैरहनी नगरपालिका–४ का अन्दाजी ४० वर्षका अनोज अधिकारी रहेका छन्।

तिहारमा ८ सय जुवाडे पक्राउ, २ करोड बरामद, ६४९ सवारी दुर्घटना शुक्रबार, कात्तिक २३, २०८१ तिहारका समयमा कुनै ठूलो अप्रिय घटना नघटोस् भन्दै प्रहरीले सादा पोशाकसहितका प्रहरीसहिसत देशभर सक्रियता बढाएको थियो।८ सय जुवाडेको साथबाट करिब झन्डै पौने दुई करोड रकम समेत बरामद भएको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए।

मितेरी सहकारी प्रकरणः ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध इन्टरपोलमा रेड नोटिस जारी शुक्रबार, कात्तिक २३, २०८१ प्रहरीका अनुसार, अर्का आरोपी ज्योतिबहादुर भण्डारी भने सहकारीका सदस्य पनि थिएनन्। तर, उनलाई ऋण प्रवाह गरेको भेटिएको छ। सहकारी रजिष्टारको कार्यालय बागमतीले पत्र पठाएपछि सीआईबीले यो सहकारीबारे अनुसन्धान थालेको थियो।

पाथीभरा केबलकार स्टेशन शिलान्यासका क्रममा झडप शुक्रबार, कात्तिक २३, २०८१ ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० काफ्लेपाटीमा केबुलकारको विषयलाई लिएर झडप भएको छ। पाथीभरा दर्शन केबलकार निर्माणका लागि शिलान्यास गर्ने कार्यक्रममा स्थानीय पहिचान पक्षधरद्वारा अवरोध भएपछि आज(शुक्रबार) झडप भएको हो।









