कालीकोट दुर्घटना : पलाँता गाउँपालिकामा शोक बिदासोमबार, कात्तिक २६, २०८१

एमालेलाई जग्गा दान प्रकरणको पेसी हेर्न नमिल्नेमा सोमबार, कात्तिक २६, २०८१ न्यायाधीशद्वय डा नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा रहेको पेसी हेर्न नमिल्नेमा चढाइएको हो। प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले १२ कात्तिकमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

बक्यौता भुक्तानी विवादः प्राधिकरणका कर्मचारीले गरे मन्त्रिपरिषद् निर्णयको विरोध सोमबार, कात्तिक २६, २०८१ आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बक्यौता नतिरे पनि २४ घण्टाभित्र उद्योगमा लाइन जोड्न निर्देशन दिने निर्णय गरेको थियो। नेविप्रा कर्मचारी कल्याण परिषद् तथा नेविप्रा राष्ट्रिय कर्मचारी युनियनले सोमबार विज्ञप्ति जारी गर्दै उक्त निर्णयको विरोध गरेका हुन्।

एमालेले पाउने जग्गा भाटभटेनीको नाममा आयो सोमबार, कात्तिक २६, २०८१ नेकपा एमालेले जग्गादान लिएको विवादमा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि अर्कै व्यवसायीको नाममा रहेको जग्गा भाटभटेनी डिपार्टमेन्ट स्टोरका नाममा पास भएको छ।

बागलुङमा पिकअप भ्यान दुर्घटना, पाँच जनाको मृत्यु सोमबार, कात्तिक २६, २०८१ बागलुङको जैमिनी नगरपालिका– ७ जैदीको व्यार्थला नजिकै पिकअप भ्यान दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ।जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको भ्यान सोमबार बिहान दुर्घटना हुँदा चालकसहित पाँचजनाको मृत्यु भएको हो।

गुल्मीमा अब साताको १ दिन मात्र हवाई उडान हुने सोमबार, कात्तिक २६, २०८१ नेपाल वायुसेवा निगमको एउटा जहाज ग्राउन्डेड र अर्को अप्रेसनमा रहेका कारण उक्त जहाज नबन्दासम्म निगमले सातामा एकपटक मात्र उडान गर्ने भएको रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए।

सर्वोच्चमा दुई न्यायाधीश थपिए, चार अझै रिक्त सोमबार, कात्तिक २६, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई नियुक्त गरेका छन् ।

वर्षा र हिमपातको सम्भावना सोमबार, कात्तिक २६, २०८१ देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक, लाइन काटिएका उद्योगमा बिजुली जोडिदै सोमबार, कात्तिक २६, २०८१ सरकारले विद्युत् महसुल बक्यौता विवाद समाधानका लागि गठित न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन सार्वजनिकसँगै कार्यान्वयन गर्ने निर्णय गरेको हो। यसअघि कात्तिक १३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो।

सिरहा कारागारमा कैदीहरूले रक्सी खाएको घटनाको छानबिन गर्न समिति गठन आइतबार, कात्तिक २५, २०८१ सिरहा कारागारमा कैदीहरूले कारागारभित्रै मदिरा सेवन गर्नेदेखि अवैध लागुऔषधसमेत कारोबार गर्ने गरेको सम्बन्धमा अनुसन्धान गर्न आज पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीको नेतृत्वमा छानबिन समिति गठन भएको हो।

कोशीका सांसद अधिकारीसहित ७ जनाविरुद्ध मानव बेचबिखनमा पनि अनुसन्धान सुरु आइतबार, कात्तिक २५, २०८१ कोशी प्रदेशका एमाले सांसद लिलाबल्लभ अधिकारीसहित ७ जनामाथि मानव बेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान सुरु भएको छ। आइतबार विराटनगरबाट अधिकारीलाई पक्राउ गरी काठमाडौं ल्याइएको हो। यसअघि ६ जनालाई प्रहरीले हिरासतमै राखेर अनुसन्धान गरिरहेको थियो।

सिन्धुलीमा शिक्षकमाथि गोली प्रहार आइतबार, कात्तिक २५, २०८१ सिन्धुली र सर्लाहीको सिमाना रहेको उक्त ठाउँमा भएको गोली प्रहारबाट मकवानपुर जिल्ला बकैया गाउँपालिका –३ स्थित बुद्ध माविका प्रधानाध्यापक प्रेमबहादुर बम्जन घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

चिसो बढेसँगै देशभर घट्यो डेङ्गु सङ्क्रमण आइतबार, कात्तिक २५, २०८१ स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले तथ्याङ्कले डेङ्गु सङ्क्रमणको ट्रेन्ड घट्दै गएको बताए।