कोशीका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमतिआइतबार, कात्तिक २५, २०८१

अंश विवादमा छोराले गरे बाबुको हत्या आइतबार, कात्तिक २५, २०८१ कार्त्तिक ८ गते बलबहादुर श्रेष्ठ र उनका जेठो छोरा रामलाल श्रेष्ठबीच अंशबन्डाका विषयमा विवाद भएको थियो।विवादकै बीचमा रामलालले बुबालाई अनुहार र टाउकोमा मुक्काले प्रहार गरेका थिए भने हँसिया र फलामको आग्लो प्रहार गरी घाँटी थिचेर हत्या गरेका थिए।

निरौला र पाण्डेय सर्वोच्चको न्यायाधीश नियुक्त आइतबार, कात्तिक २५, २०८१ राष्ट्रपति पौडेलले न्याय परिषदको सिफारिसका आधारमा निरौला र पाण्डेयलाई आइतबार न्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

कालीकोटमा बोलेरो जीप दुर्घटना, १० जनाको मृत्यु आइतबार, कात्तिक २५, २०८१ गाडीमा सवार २० जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार बाँकी १० जना घाइते छन्।

रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति आइतबार, कात्तिक २५, २०८१ सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले थप १३ दिनको म्याद दिएको छ।

बढुवा समायोजन गर्ने अदालतको आदेश कार्यान्वयन नगर्न माग गर्दै कर्मचारीहरू आन्दोलित, मन्त्रालय घेराउ आइतबार, कात्तिक २५, २०८१ निजामती सेवाअन्तर्गतका विविध सेवा समूहका सयौँ प्राविधिक कर्मचारीहरूलाई सामान्य प्रशासन सेवा अन्तर्गतका सामान्य प्रशासन, राजश्व र लेखा समूहमा विनाप्रतिस्पर्धा स्वत: बढुवा समायोजन गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध प्रशासन सेवा कर्मचारीहरू आन्दोलित बनेका छन् ।

कोशीका पूर्वमन्त्री अधिकारीलाई प्रहरीले ल्यायो काठमाडौं आइतबार, कात्तिक २५, २०८१ आइतबार मोरङको विराटनगरमा पक्राउ परेका उनलाई हवाइजहाजमार्फत काठमाडौं ल्याइएको हो । त्रिभुवन विमानस्थलबाट उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिने परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

हिरासतमा रहेका थुनुवा फरार आइतबार, कात्तिक २५, २०८१ लागूऔषध मुद्दामा इलाका प्रहरी कार्यालय हरिवनको थुनुवा कक्षमा रहेका बरहथवा नगरपालिका-९ मुर्तियाका रामअयोधी मुखिया शनिबार दिउँसो फरार भएका हुन्।

रवि लामिछानेलाई आज चौथो पटक अदालतमा पेस गरिँदै आइतबार, कात्तिक २५, २०८१ सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले आज पुन: अदालत पेस गर्दैछ। जिल्ला अदालतले रविमाथि अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज पुन: अदालतमा उपस्थित गराइन लागेको हो ।

पहाडी भूभागमा वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना आइतबार, कात्तिक २५, २०८१ देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

बसमा चढ्ने क्रममा खसेर एक जनाको मृत्यु शनिबार, कात्तिक २४, २०८१ प्रतापपुर गाउँपालिका-९ खैरेनीस्थित त्रिवेणीदेखि बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ३६६३ नम्बरको बसमा चढ्ने क्रममा स्थानीय जगदीश थारु लडेर घाइते भएका थिए।

दुबई पठाइदिने भन्दै १९ लाख ठगी शनिबार, कात्तिक २४, २०८१ पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–४ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–१०, मनमैजुमा बस्दै आएका ३० वर्षीय सञ्जीव गुरुङ छन्।

जुवातास खेलिरहेका ११ जना गोकर्णेश्वरबाट पक्राउ शनिबार, कात्तिक २४, २०८१ काठमाडौंको गोकर्णेश्वरमा जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।