News Griha :: न्यूजगृह
निरौला र पाण्डेय सर्वोच्चको न्यायाधीश नियुक्त

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले मुख्य न्यायाधीशहरू नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन्।

राष्ट्रपति पौडेलले न्याय परिषदको सिफारिसका आधारमा निरौला र पाण्डेयलाई आइतबार न्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा  रेग्मी भट्टराईले जानकारी दिइन्।

निरौला यसअघि उच्च अदालत पाटनका मुख्य न्यायाधीश र पाण्डेय उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए।
उनीहरूको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा अनुमोदनसमेत भएको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १६:२२
Weather Update