हिरासतमा रहेका थुनुवा फरार
सर्लाही— सर्लाहीस्थित इलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेका एक थुनुवा फरार भएका छन्।
लागूऔषध मुद्दामा इलाका प्रहरी कार्यालय हरिवनको थुनुवा कक्षमा रहेका बरहथवा नगरपालिका-९ मुर्तियाका रामअयोधी मुखिया शनिबार दिउँसो फरार भएका हुन्।
घटनाबारे छानबिन भइरहेको जनाउँदै प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले फरार थुनुवालाई नियन्त्रणमा लिइसकेको जानकारी दिए। प्रहरी नियन्त्रणबाटै थुनुवा भाग्न सफल भएपछि सुरक्षा व्यवस्थामाथि प्रश्न खडा भएको छ।
इलाका प्रहरी कार्यालय हरिवनमा कार्यरत हिरासत व्यवस्थापन अधिकृत, सेन्ट्रीसहित ४ जना सुरक्षाकर्मीलाई जिल्लामा झिकाएर छानविन भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१ १०:२६