घुस लिएको आरोपमा जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारी पक्राउमंगलबार, कात्तिक २७, २०८१

सकिएन रवि लामिछानेको बयान, भोलि पुन: लिइने मंगलबार, कात्तिक २७, २०८१ सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि रूपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान स्थगित गरिएको छ।मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँगको मङ्गलबार बयान नसकिएपछि बुधबार बिहान लिने गरी स्थगित गरिएको हो।

कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति मंगलबार, कात्तिक २७, २०८१ कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

मानव तस्करी प्रकरण: नक्कली कागजात बनाउनमा संलग्न दुई जना पक्राउ मंगलबार, कात्तिक २७, २०८१ परिसरले सुरुमा यसको अनुसन्धान कीर्ते कसुरमा अघि बढाएको थियो। तर पूर्वमन्त्री एवं कोशी प्रदेश सांसद समेत रहेका अधिकारी पक्राउ परेसँगै मानव बेचबिखन तथा ओसारपसार कसुरमा पनि अनुसन्धान अघि बढाएको हो।

रविसँग बयान जारी, सहकारी पीडित र रास्वपा कार्यकर्ता प्रदर्शनमा मंगलबार, कात्तिक २७, २०८१ सहकारी पीडितले हाम्रो रकम फिर्ता गर, दोषीलाई कारबाही गर जस्ता नारा लगाएर आन्दोलन गरिरहेका छन्। बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको आरोप छ।

बक्यौता नतिर्ने उद्योगको बिजुली जोड्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्चमा रिट मंगलबार, कात्तिक २७, २०८१ मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णयविरुद्ध मङ्गलबार अधिवक्ता खडानन्द कँडेलले रिट दायर गरेका हुन्। रिटको प्रारम्भिक सुनुवाइका लागि बुधबार पेसी तोकिएको कँडेलले जानकारी दिए।

स्कुल बसको ठक्करबाट घाइते भएका विद्यार्थीको मृत्यु मंगलबार, कात्तिक २७, २०८१ सोमबार उनी कृष्णपुर नगरपालिका–२ स्थित डायमन्ड इङ्ग्लिस बोर्डिङ स्कुलको ना ३ ख ८१४६ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका थिए। विद्यार्थी उतारेर बस अघि बढ्दा डायमन्ड स्कुलमै अध्ययनरत अनमोलको खुट्टामा गम्भीर चोट लागेको थियो।

दीपक मनाङे २ वर्ष ४ महिना १ दिन कारागारमा बस्ने मंगलबार, कात्तिक २७, २०८१ मंगलबार काठमाडौंको सानोभर्याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो। लगत्तै अदालतले उनलाई केन्द्रीय कारागार पठाएको हो।

महसुल नतिरेका उद्योगको लाइन जोड्ने प्राधिकरण बोर्ड बैठकको निर्णय मंगलबार, कात्तिक २७, २०८१ मन्त्रिपरिषदको निर्णय अनुसार ऊर्जामन्त्री दीपक खड्काले बोर्ड बैठकमार्फत उद्योगमा लाइन जोड्ने निर्णय गराएका हुन् । आइतबारको मन्त्रिपरिषद् बैठकले टीओडी मिटरका आधारमा महसुल तिर्ने १५ दिनको अवधि दिएर लाइन जोड्ने निर्णय गरेको थियो।

कोशीका पूर्वमन्त्री अधिकारीलाई अदालत लगियो मंगलबार, कात्तिक २७, २०८१ यो घटनामा सोमबार पनि दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाका गुढी राई र नविन राई छन् । उनीहरुले जापान जानलाई तीन युवाका लागि नक्कली सरकारी कागजात बनाइदिएको पाइएको उनको भनाइ छ ।

रवि लामिछाने भैरहवामा, बयानका लागि विमानस्थलबाट सरकारी वकिलको कार्यालयमा लगियो मंगलबार, कात्तिक २७, २०८१ सहकारी ठगी, संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न रास्वपाका सभापति, पूर्वगृहमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई भैरहवा ल्याइपुर्याइएको छ।

कुलमानलाई ओली सरकारले माग्यो दोस्रोपटक स्पष्टीकरण मंगलबार, कात्तिक २७, २०८१ स्रोतका अनुसार कुलमानलाई ऊर्जा मन्त्रालयले दोस्रोपटक तिहारअघि कात्तिक १३ गते ६ बुँदामा प्रश्न पठाउँदै ७ दिनभित्र स्पष्टीकरण दिन भनेको थियो। तर उनले अहिलेसम्म जवाफ पठाएका छैनन्।

रविलाई पोखराबाट भैरहवा पठाइयो मंगलबार, कात्तिक २७, २०८१ मौसम खुलेसँगै रास्वपाका सभापति रवि लामिछानेलाई पोखराबाट भैरहवा पठाइएको छ। बुद्ध एअरको जहाजमार्फत मङ्गलबार मध्यान्ह उनलाई पोखराबाट भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।