पृथ्वीराजमार्ग छिर्कने-देउराली सडकखण्ड ४ घण्टा अवरुद्ध हुनेबिहीबार, कात्तिक २९, २०८१

दुई प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा हुस्सु बिहीबार, कात्तिक २९, २०८१ विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

भक्तपुरमा ९४ वर्षीया वृद्धाको हत्या बिहीबार, कात्तिक २९, २०८१ वृद्धा महिला घरमा एक्लै भएको मौका छोपेर चोरी गर्ने उद्देश्यले हत्या भएको हुन सक्ने स्थानीयको अनुमान छ । यद्यपि, प्रहरीले हत्या सम्बन्धी अनुसन्धान अघि बढाएको जनाएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधवप्रसाद घिमिरेका अनुसार घटना केकसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

दोस्रो दिन पनि सकिएन रवि लामिछानेको बयान बुधबार, कात्तिक २८, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सहकारीको रकम हिनामिनाको विषयमा सुरू गरिएको बयान बुधबार दोस्रो दिन पनि नसकिएको प्रहरीले जनाएको छ।गत कात्तिक २ गते पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका लामिछानेलाई मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएको थियो।

भारतीय स्थल सेनाध्यक्ष द्विवेदी ५ दिने नेपाल भ्रमणमा आउँदै बुधबार, कात्तिक २८, २०८१ भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपालको ५ दिने भ्रमणमा आउने भएका छन्। नेपाली सेनाका अनुसार उनले मंसिर ५ देखि ९ सम्म नेपाल भ्रमण गर्न लागेका हुन्।

धनराज गुरुङसँग प्रहरीले लियो ‘बयान’ बुधबार, कात्तिक २८, २०८१ गुरुङसँग अनुसन्धान अधिकृतहरुले बुधबार मध्यान्ह १२ बजेदेखी ५ बजेसम्म सोधपुछ गरेका हुन्। ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा सहकारीका सञ्चालक ज्योति गुरुङ सहित ५ जना विरुद्ध जाहेरी परेको छ।

उद्योगमा विद्युत जोड्ने मन्त्रिपरिषदको निर्णयविरूद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश बुधबार, कात्तिक २८, २०८१ आइतबार बसेको मन्त्रिपरिषदको बैठकले विद्युत बक्यौतासम्बन्धी विवादमा परी प्राधिकरणले लाइन काटेका उद्योगको बिजुली २४ घण्टाभित्र जडान गर्न निर्णय गरेको थियो। त्यस्तै सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो।

बाक्लो हुस्सु र तुवालोले सिमरा, भरतपुर, भैरहवा र सुर्खेतका उडान प्रभावित बुधबार, कात्तिक २८, २०८१ बाक्लो हुस्सु र तुवालोका कारण तराई क्षेत्रका विमानस्थको उडान प्रभावित भएको छ। तुवालोले ‘भिजिबिलिटी’ कमजोर हुँदा सिमरा, भरतपुर, भैरहवा र सुर्खेत विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएका छन्।

मूलपानीमा गाडीको ठक्करबाट बालकको मृत्यु बुधबार, कात्तिक २८, २०८१ बा ११ च ७६०९ नम्बरको हात्ती गाडीको ठक्करबाट सोही ठाउँ बस्ने महोत्तरी गौशला नगरपालिका–१० घर भएका गणेश थापा मगरको छोरा ९ वर्षीय शिव थापा मगरको मृत्यु भएको छ।

अमेरिकी डलर साट्ने बहानामा नौ लाख ठगी, दुई जना पक्राउ बुधबार, कात्तिक २८, २०८१ पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ धार्पा निवासी वर्ष २६ को ललित बहादुर पाईन र वर्ष २४ का कृष्ण लाल पाईन रहेका छन्।

नागढुंगा–सिस्नेखोला सडक बिहीबारबाट आंशिक रुपमा बन्द हुने बुधबार, कात्तिक २८, २०८१ सुरुङ अगाडिको सय मिटर क्षेत्रमा स्लोप कटिङको काम हुने भएकाले तोकिएको समयभरि २० मिनेट दुईतर्फी सडक बन्द रहने, फेरि २० मिनेट खोल्दै काम गरिने आयोजनाका सूचना अधिकारी एवं उपआयोना निर्देशक सन्जय पन्थीले बताए।

उद्योगीले १५ दिनभित्र बक्यौता नतिरे हामी फेरि आफ्नै प्रक्रियामा लाग्नेछौं : घिसिङ बुधबार, कात्तिक २८, २०८१ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा अबको १५ दिनभित्र उद्योगीहरुले बक्यौता नतिरे प्राधिकरण फेरि आफ्नै प्रक्रियामा लाग्ने बताएका छन्।

निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी भन्दै अन्तर्वार्ता दिएका व्यक्ति पक्राउ बुधबार, कात्तिक २८, २०८१ उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको एसपी होविन्द्र बोगटीले बताए। गलत विवरणसहित दुष्प्रचार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।