News Griha :: न्यूजगृह
स्कुल बसको ठक्करबाट घाइते भएका विद्यार्थीको मृत्यु 

कञ्चनपुर— कञ्चनपुरमा स्कुल बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका–५ का ८ वर्षीय अनमोल कुँवरको बसको ठक्करबाट मृत्यु भएको हो।

सोमबार उनी कृष्णपुर नगरपालिका–२ स्थित डायमन्ड इङ्ग्लिस बोर्डिङ स्कुलको ना ३ ख ८१४६ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका थिए। विद्यार्थी उतारेर बस अघि बढ्दा डायमन्ड स्कुलमै अध्ययनरत अनमोलको खुट्टामा गम्भीर चोट लागेको थियो।

भारतको लखनउस्थित ईभीए अस्पतालमा उपचारको क्रममा बालकको मङ्गलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए। 

स्कुल बसको ठक्करबाट बालकको मृत्यु भएपछि आफन्त र स्थानीय आक्रोशित बनेका छन्। दोषीमाथि कारबाहीको माग गर्दै विद्यालयमा भेला भएपनि अहिले सो क्षेत्र तनावग्रस्त छ। 

आक्रोशित आफन्त र स्थानीयले विद्यालयभित्रबाट फर्निचर निकालेर आगो लगाएका छन्। विद्यालयमा अहिले बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १७:२१
Weather Update