News Griha :: न्यूजगृह
मेघौलीमा गैंडाको आक्रमणबाट पथप्रदर्शक घाइते
फाइल तस्बिर।

चितवन— चितवनको मेघौलीस्थित सामुदायिक वनमा एक सिंगे गैंडाको आक्रमणबाट पथप्रदर्शक घाइते भएका छन्।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सदाबहार सामुदायिक वनमा विदेशी पर्यटकलाई घुमाउनेक्रममा गैंडाले आक्रमण गरेको हो।

आक्रमणमा भरतपुर-२७ सिसौघारी टोल बस्ने २८ वर्षीय पथप्रदर्शक जगबहादुर माझी घाइते भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए। माझीको पेट, टाउको र हातमा चोट लागेको छ।

गैंडाले आक्रमण गरेपछि जंगल सफारीमा रहेको सोल्टी वेस्ट्रन रिसोर्टको गाडीमार्फत उद्धार गरिएको थियो। माझीलाई भरतपुर-२७ मा होमस्टे पनि चलाउने नेचर गाइड हरि अधिकारीले सहयोगी बनाएर लगेका थिए।

‘उनीहरुलाई निकुञ्जले पहिले पनि अनुशासनपूर्वक काम गर्न सचेत गराएको थियो। तर अटेरी गरी वन्यजन्तुको नजिक जाने, पर्यटकलाई राप्ती नदीको किनारमा योग गराउनेजस्ता गतिविधि गरेको सूचना पाएका थियौं,’ मगरले भने, ‘आज त गैंडाले आक्रमण नै गरेछ।’

घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  ११:२३
Weather Update