इन्डो-प्यासिफिक कमान्डका उपकमान्डर रुड नेपालमा
काठमाडौं— अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डका उपकमान्डर अशुआ एम. रुड नेपालमा भ्रमणमा आएका छन्।
अमेरिकी दूतावासका अनुसार उनी शुक्रबार काठमाडौं आएका हुन्। उनी अमेरिकी सेनाको तीन–तारे लेफ्टिनेन्ट जनरल हुन्।
उनी अर्को साता हुने २४९ औं यूएस मरिन र्कोप्स बल कार्यक्रममा अतिथिको रुपमा सहभागिता जनाउन आएको दूतावासले जनाएको छ।
साथै, उनले भ्रमणको क्रममा नेपाल सरकारका अधिकारीहरु र नेपाली सेनाका अधिकारीहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१ २०:०२