
ताप्लेजुङमा विपद् व्यवस्थापन तयारी : सरकारी संयन्त्रले कसरी गरिरहेकाे छ काम ? बुधबार, असार ६, २०८० मनसुन सुरु भई जिल्लामा विपद्का घटना भइरहेकाले खोज, उद्धार र राहतका कार्यलाई ढिलो हुन नदिन तयारी हुनुपर्ने निष्कर्षसहित सबै निकायलाई अनुरोध गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन् । खोज र उद्धारका कार्यसँगै निरन्तर समन्वयमा रहनसमेत उनले अनुरोध गरेकी छिन् ।

अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै बुधबार, असार ६, २०८० अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि बुधबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

के ईसीडी शिक्षकको तलब फेरि बढाइएको हो ? बुधबार, असार ६, २०८० केन्द्रले सबै स्थानीय तहलाई निर्देशन दिँदै बढेको तलब रकमान्तर गरेर निकासा गरेको स्पष्ट बताएको छ ।

बुधबार कहाँ–कहाँ छ वर्षाको सम्भावना ? बुधबार, असार ६, २०८० नेपालमा पूर्वी तथा मध्य भू–भागमा हाल मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विदेशी मुद्रा साट्दै हुनुहुन्छ भने मूल्य थाहा पाउनुहोस् बुधबार, असार ६, २०८० नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

आज तपाईंको राशिफल बुधबार, असार ६, २०८०

पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै, आउँदैछ चिनियाँ विमान मंगलबार, असार ५, २०८० पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक बुधबार अन्तर्राष्ट्रिय उडान हुने भएको छ । छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एअरलायन्सले पोखरामा सिधा चार्टर उडान गर्न लागेको हो ।

३० हजार युक्रेनी सैनिकलाई ईयूले तालिम दिने मंगलबार, असार ५, २०८० ‘सन् २०२३ मा युक्रेनका लागि युरोपेली संघको सैन्य सहायता कार्यक्रमले ३० हजार युक्रेनी सशस्त्र बलका जवानलाई तालिम दिने योजना बनाएको छ,’ कीभस्थित रक्षा मन्त्रालयले भनेको छ ।

रुसमा बारुद कारखानामा विस्फोट, चार जनाको मृत्यु मंगलबार, असार ५, २०८० रुसको एक बारुद कारखानामा मंगलबार भएको विस्फोटनमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका अधिकारीहरूले बताएका छन् ।

काठमाडौंका ३९ निजी विद्यालयलाई १ लाखसम्म जरिबाना, छात्रवृत्ति विवरण नबुझाए स्वीकृति रद्द गरिने मंगलबार, असार ५, २०८० ‘त्यसपश्चात् पनि विवरण नबुझाएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्नेगरी कारबाही गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष महतसहित तीन जनालाई ९ वर्ष जेल सजाय मंगलबार, असार ५, २०८० मंगलबार विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई ९ वर्ष कैद सजाय सुनाएको हो ।

‘उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता गर्नु निन्दनीय’ मंगलबार, असार ५, २०८० अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने सरकारी निर्णयको शान्ति समाजले निन्दा गर्दै कानुनी शासनको उपहास गर्दै सरकारले गरेको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ ।









