
२०८० साल असार ६ गते बुधबार । असार शुक्ल तृतिया तिथि । पञ्चाङ्ग व्याघात गर पुष्य । विश्व योग दिवस । संगीत दिवस । आज तपाईंको राशिफल हेर्नुहोस् ।
मेष
आयआर्जन बढ्नेछ । जमिनसम्बन्धी लेनदेनमा अगाडि बढ्दा राम्रो छ । व्यापार व्यवसायमा उन्नति हुनेछ ।
वृष
दिन सामान्य छ । शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुनेछ । प्रेममा सफलता मिल्नेछ ।
मिथुन
झुठा आरोप लाग्नसक्छ । आफूले गरेको काममा भने सन्तोष मिल्नेछ । काम गर्दा विवेक पुर्याउनुपर्ने देखिन्छ ।
कर्कट
नसोचेको सम्पत्ति आम्दानी हुनेछ । शत्रु पराजित हुनेछन् । पुरानो रोगबाट मुक्ति मिल्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ ।
सिंह
रोगबाट मुक्ति मिल्नेछ । साथीभाइबाट सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । राजनीतिमा संगठन बलियो बन्नेछ ।
कन्या
रोगको प्रकोप बढ्नेछ । खर्च पनि धेरै हुनेछ । प्रतिस्पर्धी सक्रिय छन् । अरु क्षेत्र सामान्य रहेपनि दाम्पत्य जीवन धेरै राम्रो छ ।
तुला
समस्यामा परिनेछ । शिक्षाको क्षेत्रमा मानसम्मान बढ्नेछ । प्रेममा सफलता मिल्नेछ ।
वृश्चिक
धार्मिक क्षेत्रमा मन जानेछ । सहयोग गर्नेहरु बढ्नेछन् । खुसी मिल्नेछ । इष्टमित्रसँगको सम्बन्ध सुधार हुनेछ ।
धनु
खर्च बढ्नेछ । दाम्पत्य जीवन सुमधुर हुनेछ । व्यापार व्यावसायमा ठूलो लगानी नगर्नुहोला ।
मकर
दिन राम्रो छ । रोकिएका कामहरु बन्नेछन् । साथीभाइको सहयोग मिल्नेछ । दाम्पत्य जीवन सफल रहनेछ ।
कुम्भ
बोलीमा मिठास बढ्नेछ । मातापिताको सम्झना गर्दा काममा सफलता मिल्नेछ । बन्धुबाट सहयोग मिल्नेछ ।
मीन
काममा फाइदा मिल्नेछ । आर्थिक लाभ मिल्नेछ । धार्मिक क्षेत्रमा मन जानेछ ।