News Griha :: न्यूजगृह
के ईसीडी शिक्षकको तलब फेरि बढाइएको हो ? 

काठमाडौं— यतिखेर सामाजिक सञ्जालमा प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) तलब बढेको हो वा होइन अन्योलमा छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गरेको एउटा पत्रमा ‘पारिश्रमिक थप सम्बन्धमा’ भनेर स्थानीय तहमा पत्र पठाएपछि ईसीडी शिक्षक अन्योलमा परेका हुन् ।

केन्द्रले सबै स्थानीय तहलाई निर्देशन दिँदै बढेको तलब रकमान्तर गरेर निकासा गरेको स्पष्ट बताएको छ । तर साे तलब चालु आव (२०७९/८०) मा वृद्धि भएको हाे ।

ईसीडी शिक्षकको थप पारिश्रमिक बउशीनं ३५००१८०१ विद्यालय शिक्षा क्षेत्र योजनाअन्तर्गत खर्च शीर्षक नं.२६३३२, क्रियाकलाप नं.१.१.४.३ प्रारम्भिक बालविकास सहजकर्ताहरूको पारिश्रमिक थप शीर्षकमा थप बजेट स्वीकृत भई सम्बन्धित स्थानीय तहको एलएम्बीआईएसमा प्रविष्टी  गरिसकेको सूचना प्रकशित गरी जानकारी दिएको छ ।

सरकारले तलब बढाएको भने होइन । ईसीडी शिक्षकले संघीय सरकारबाट १० हजार र स्थानीय तहबाट न्यूनतम ७ हजार रुपैयाँ पाउने गरेका छन् ।

तलब, सेवासुविधा, दरबन्दीलगायतका विषयमा अहिलेदेखि नै सरकारलाई दबाब दिन सके अर्को वर्ष यी माग पूरा हुन सक्छन् । 

ecd1687307772.jpg

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ०६:२१
Weather Update