बुधबार कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं— नेपालमा पूर्वी तथा मध्य भू–भागमा हाल मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले बिहान कोशी प्रदेशमा सामान्य बदली, देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ ।
दिउँसो कोशी प्रदेशका केहीसहित बाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८० ०६:१२