News Griha :: न्यूजगृह
वित्तीय संस्था पीडित संघर्ष समिति दिनहुँ प्रदर्शनमा, १७ जना पक्राउ [भिडिओसहित]
वित्तीय संस्था पीडित संघर्ष समिति दिनहुँ प्रदर्शनमा, १७ जना पक्राउ [भिडिओसहित] लघुवित्त तथा वित्तीय संस्था पीडित संघर्ष समितिका केन्द्रीय सदस्य सुनिल चौधरीका अनुसार बुधबार माग सम्बोधनका लागि दबाब दिने उद्देश्यले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गर्ने क्रममा प्रहरीले १७ जनालाई पक्राउ गरेको हो । 
दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु
दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु जसमा एक सय  ७४ पुरुष र ५४ महिला हुन् । डुबेर मृत्यु हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाअन्तर्गत छन् । तथ्याङ्कानुसार पछिल्लो पाँच वर्षमा घोराहीका ७१,  तुलसीपुरका ४५, लमहीका ३१, राप्तीका २२, गढवाका १६ जनाको मृत्यु भएको छ । यसैगरी बबईका नौ, दङ्गीशरणका आठ, शान्तिनगर र राजपुरका समान पाँच–पाँच, बङ्गलाचुलीका तीन...
नेता कुट्ने डीएसपी र इन्स्पेक्टरलाई बर्खास्त गर्न माग गर्दै कलैया बजार बन्द
नेता कुट्ने डीएसपी र इन्स्पेक्टरलाई बर्खास्त गर्न माग गर्दै कलैया बजार बन्द नेपाली कांग्रेसका जिल्ला सचिव भैयाराम यादव र नेकपा समाजवादीका जिल्ला उपसचिव ध्रुवप्रसाद यादवमाथि भएको कुटपिटको विरोधमा उक्त पार्टीका स्थानीय नेता कार्यकर्ताले कलैया बजार बन्दको आह्वान गरेका हुन् । कुटपिटमा संलग्न प्रहरी अधिकारीलाई बर्खास्त नगरिएको भन्दै कांग्रेस र नेकपा एसले कलैया बजार बन्दको आह्वान गरेका हुन् ।
गोरखापत्र संस्थानका १२ कर्मचारीको नियुक्ति खारेज गर्न निर्देशन
गोरखापत्र संस्थानका १२ कर्मचारीको नियुक्ति खारेज गर्न निर्देशन विधि र प्रक्रिया विपरीत नियुक्ति दिइएको भन्दै केन्द्रले कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीसहित पाँच जनालाई कारबाही गर्न समेत निर्देशन दिएको छ । सुवेदी कार्यकारी निर्देशक बनेर आएपछि गोरखापत्र संस्थानमा दुईजना उपसम्पादक, ७ जना समाचारदाता, एकजना परामर्शदाता र दुई जना वरिष्ठ सहायक पदमा नियुक्त भएका थिए । यही नियुक्तिमा प्रक्रिया मिचिएको सतर्कता...
पूर्ण इजलासले टुंगो लगाउँदै कोशी सरकार विवाद 
पूर्ण इजलासले टुंगो लगाउँदै कोशी सरकार विवाद  असार २२ गते कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सभामुखको हस्ताक्षर लिएर बहुमत देखाउँदै गठन भएको उद्धव थापा नेतृत्वको सरकारविरुद्ध एमाले निवर्तमान मुख्यमन्त्री कार्कीले रिट दायर गरेका थिए । थापा नेतृत्वमा बनेको सरकार अवैध ठहर गरी त्यसअघिको सरकारलाई काम गर्ने आदेश माग गर्दै कार्कीले रिट दायर गरेका हुन् ।
सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत मृत फेला
सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत मृत फेला ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी २९ वर्षीय बसन्त साह फूलजोर–त्रिभुवननगर सडकखण्ड अन्तर्गत खोरिया टोल नजिकैको कल्भर्ट मुनि बुधबार बिहान मृत फेला परेका हुन् । सोही स्थानमा उनले प्रयोग गर्ने बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
पानी पर्याप्त नपर्दा तनहुँमा रोपाइँ ढिला 
पानी पर्याप्त नपर्दा तनहुँमा रोपाइँ ढिला  असार महिना विशेषगरी धान रोप्ने समय हो । असारको अन्तिम सातासम्म प्रायः जसो खेतमा रोपाइँ भइसकेको हुन्थ्यो । तर यस वर्ष पानी पर्याप्त मात्रामा नपर्दा तनहुँमा रोपाइँ गर्न ढिला भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, सभापति देउवाले जवाफ दिने 
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, सभापति देउवाले जवाफ दिने  गत मंगलबारदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ ।
मौसम : यी प्रदेशमा बिहानैदेखि वर्षा 
मौसम : यी प्रदेशमा बिहानैदेखि वर्षा  कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
Weather Update