News Griha :: न्यूजगृह
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, सभापति देउवाले जवाफ दिने 

काठमाडौं— गत मंगलबारदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ ।

सोमबारबाट स्थगित बैठक आज पार्टी मुख्यालय सानेपामा पुनः बस्न लागेको हो ।

बैठकमा सभापति शेरबहादुर देउवाले मात्र बोल्न बाँकी छ । आजको बैठकमा देउवाले केन्द्रीय सदस्यहरू तथा महामन्त्रीहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम छ ।

केन्द्रीय सदस्यहरूले पार्टीको सांगठनिक अवस्था, भ्रष्टाचार, सरकारलगायत विभिन्न विषयमा सभापति देउवासमक्ष प्रश्न उठाएका छन् ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ०७:३६
Weather Update