News Griha :: न्यूजगृह
सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत मृत फेला

काठमाडौं— सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एकजना अनुसन्धान अधिकृत  मृत फेला परेका छन् ।

ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी २९ वर्षीय बसन्त साह फूलजोर–त्रिभुवननगर सडकखण्ड अन्तर्गत खोरिया टोल नजिकैको कल्भर्ट मुनि बुधबार बिहान मृत फेला परेका हुन् ।

सोही स्थानमा उनले प्रयोग गर्ने बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

घटनाको प्रकृति हेर्दा साहको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको जस्तो देखिएको जिल्ला प्रहरी प्रमुख नरेशराज सुवेदीले बताए। यद्यपि, थप अनुसन्धान भइरहेको उनको भनाई छ । 


 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ०९:२९
Weather Update