वित्तीय संस्था पीडित संघर्ष समिति दिनहुँ प्रदर्शनमा, १७ जना पक्राउ [भिडिओसहित]
काठमाडौं— लघुवित्त तथा वित्तीय संस्था पीडित संघर्ष समिति दिनहुँ प्रदर्शनमा उत्रिएका छन् ।
लघुवित्त तथा वित्तीय संस्था पीडित संघर्ष समितिका केन्द्रीय सदस्य सुनिल चौधरीका अनुसार बुधबार माग सम्बोधनका लागि दबाब दिने उद्देश्यले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गर्ने क्रममा प्रहरीले १७ जनालाई पक्राउ गरेको हो ।
उनले भने, ‘हामी लगातार आन्दोलनमा छौं । हाम्रो माग सम्बोधन नभएसम्म हामी सडकमै हुन्छौं । हाम्रो १७ जना साथीहरू हिरासतमा छन् । हाम्रो मागहरू सम्बोधन हुनुपर्छ ।’
प्रहरी घेरा तोडेर संसद् भवनको गेटमा पुगेका पीडितहरूलाई प्रहरीले पक्राउ गरेको हो । लघुवित्तलाई खारेज गर्नुपर्ने, सावाँ, व्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा दुर्व्यवहार गर्नेलाई कारबाही गर जस्ता मागहरू रहेका छन् ।
प्रकाशित मिति: बुधबार, साउन १०, २०८० १३:४७