News Griha :: न्यूजगृह
प्रस्तावित सबै ६ जना राजदूतको नाम अनुमोदन 
प्रस्तावित सबै ६ जना राजदूतको नाम अनुमोदन  संसदीय सुनुवाइ समितिको बैठकले  प्रस्तावित ६ जना राजदूतको नाम अनुमोदन गरेको छ । बुधबार र बिहीबार बसेको समितिको बैठकको निर्णय सुनाउँदै समितिको सभापतित्व गरेका ज्ञानेन्द्रबहादुर कार्कीले संसदीय सुनुवाइ समितिको बैठकको निर्णय सार्वजनिक गर्दै सबै ६ जना प्रस्तावित राजदूतको नाम अनुमोदन भएको जानकारी दिएका हुन् ।  
सुदूरपश्चिम प्रदेशमा एक वर्षभित्र सवा एक लाख सवारी साधन कारबाहीमा
सुदूरपश्चिम प्रदेशमा एक वर्षभित्र सवा एक लाख सवारी साधन कारबाहीमा उक्त सवारी साधान कारबाहीबाट छ करोड ४३ लाख, ७० हजार राजस्व संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । 
कर्मचारीको अभाव हुँदा सेवाग्राहीको चाप बढ्यो
कर्मचारीको अभाव हुँदा सेवाग्राहीको चाप बढ्यो सवारीतर्फका कार्यालय प्रमुख डिल्ली रिजालले कर्मचारी अभावका कारण कार्य सम्पादन प्रभावकारी हुन नसकेको बताए । उनका अनुसार यहाँ दैनिक सातदेखि आठ सय सेवाग्राही दैनिक आउने गरेका छन् ।
घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु
घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु करिब दुई सय मिटर तल खसेकी नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
जनमत पार्टीले सरकारमा सहभागिताबारे ठोस निर्णय गर्ने 
जनमत पार्टीले सरकारमा सहभागिताबारे ठोस निर्णय गर्ने  बिहीबार पत्रकारसँग उनले आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकले सरकारमा सहभागिताबारे ठोस निर्णय गर्ने बताएका हुन् । उनले संगठन सुदृढीकरण अभियानलाई थप प्रभावकारी बनाउने विषयमा व्यापक छलफल हुने बताए ।
एक वर्षमा अठासी हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार
एक वर्षमा अठासी हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार ‘म्याग्दीको खेती योग्य जमिनमा सिँचाइ सुविधाको पहुँच बढ्दै गएको छ,’ उनले भने, ‘सिँचाइ सुविधा भएपछि आकाशे पानीका भरमा खेती गर्नुपर्ने किसानको समस्या हटेको छ ।’
शौचालय जाँदा करेन्ट लागेर युवकको मृत्यु
शौचालय जाँदा करेन्ट लागेर युवकको मृत्यु रामधुनी नगरपालिका–९ धुराहा फिल्टुन बस्ने २० वर्षीय निरज चौधरीको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ ।
एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, चार दिनपछि बस्ने 
एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, चार दिनपछि बस्ने  एमाले सांसदले सुन तस्करी प्रकरणमा छानविनका लागि उच्च स्तरीय समिति नबनाएसम्म बैठक चल्न चदिने बताएपछि बैठक यही साउन २२ गते बस्ने गरी स्थगित भएको हो ।
मुगुको गमगढी बजार पुग्न अब २३० सिढी चढे पुग्ने
मुगुको गमगढी बजार पुग्न अब २३० सिढी चढे पुग्ने संघीय सरकार मातहतको सघन शहरी विकास कार्यालय जुम्लाले मुगु जिल्ला सदरमुकाम गमगढी बजार जाँदा प्रयोग गर्नका लागि रेलिङ्गसहित २३० सिँढीहरू निमार्ण भएका छन् ।
निकुञ्ज विभागमा एक वर्षमा के-के काम भए ?
निकुञ्ज विभागमा एक वर्षमा के-के काम भए ? वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत आर्थिक वर्षमा महत्वपूर्ण नीतिगत तथा अन्य महत्वपूर्ण काम भएको जनाएको छ ।
महानगरको छात्रवृत्तिका लागि तोकियो १५ परीक्षा केन्द्र
महानगरको छात्रवृत्तिका लागि तोकियो १५ परीक्षा केन्द्र काठमाडौं महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ । साउन २० गते शनिबार बिहान ११ बजेदेखि सञ्चालन हुने परीक्षामा १५ स्थानमा परीक्षा केन्द्र तोकिएको हो ।
विद्यालय शिक्षासम्बन्धी विधेयकमा हाम्रा माग समेटिनु पर्छ : शिक्षक महासंघ
विद्यालय शिक्षासम्बन्धी विधेयकमा हाम्रा माग समेटिनु पर्छ : शिक्षक महासंघ नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग विगतमा भएका सहमतिका विषय ‘विद्यालय शिक्षासम्बन्धी विधेयक’ मा समेटिनु पर्ने बताएको छ । 
Weather Update