News Griha :: न्यूजगृह
एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, चार दिनपछि बस्ने 

काठमाडौं— नेकपा एमालेले अवरुद्ध गरेपछि राष्ट्रिय सभाको बैठक चार दिनपछि बस्ने गरी स्थगित भएको छ ।

एमाले सांसदले सुन तस्करी प्रकरणमा छानविनका लागि उच्च स्तरीय समिति नबनाएसम्म बैठक चल्न चदिने बताएपछि बैठक यही साउन २२ गते बस्ने गरी स्थगित भएको हो ।

बिहीबार बसेको बैठकको सुरुमै सांसद भैरव सुन्दर श्रेष्ठले, सुन प्रकरणबारे उच्च स्तरीय समिति नबनेसम्म बैठक चल्न नदिने पार्टीको निर्णय भएको बताएपछि एमालेका सबै सांसद उठेर बैठक अवरुद्ध गरेका थिए ।

सुन तस्करहरुलाई कारबाहीको दायरामा नल्याएसम्म एमालले टुलुटुलु हेरेर नबस्ने उनको भनाई छ । ‘सुन प्रकरणले नागरिकहरुको शीर निहुराउने काम भएको छ । सरकार यसप्रति बेखबर नै छ । यसमा जो सुकै व्यक्तिको संलग्नता किन नहोस् ती व्यक्तिलाई कानूनको दायरामा ल्याउनु पर्छ । 

‘हामीले उच्च स्तरीय छानविन समितिको माग गरेका थियौँ, सरकार यसमा गम्भीर भएको छैन्, र नयाँ नयाँ तथ्यहरू अहिले सार्वजनीक भइरहेका छन्,’ उनले भने । 

सभाध्यक्ष गणेश तिमिल्सिनाले बारम्बार बैठकअघि बढाउन दिन आग्रह गरे पनि एमाले सांसदले नमानेपछि बैठक स्थगित भएको हो । 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १३:४०
Weather Update