News Griha :: न्यूजगृह
नौ वर्षमा थपियो ३१ सय सर्किट किलोमिटर प्रसारण लाइन
नौ वर्षमा थपियो ३१ सय सर्किट किलोमिटर प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक कारणले समय–समय विद्युत् गएको भन्ने उपभोक्ताको गुनासोलाई सम्बोधन गर्न तथा पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित विद्युत् आपूर्तिका लागि विगतका वर्षबाट प्रणालीका पूर्वाधार संरचनाको सुधार र सुदृढीकरणलाई योजनावद्ध रुपमा अगाडि बढाएर कार्यान्वयन लगिएको बताए ।
अष्ट्रेलियामा अमेरिकी सेनाको विमान दुर्घटना
अष्ट्रेलियामा अमेरिकी सेनाको विमान दुर्घटना दुर्घटनाग्रस्त स्थानमा खोज तथा उद्धारका साथै विमानमा सवार व्यक्तिहरूको सुरक्षा सुनिश्चित गर्न आफ्नो ध्यान केन्द्रित रहेको अष्ट्रेलियाको रक्षा मन्त्रालयले जनाएको छ । 
बलात्कार गर्न नदिएपछि पिटेर किशोरीको हत्या, उत्तर बंगालमा प्रदर्शन उग्र बन्दै
बलात्कार गर्न नदिएपछि पिटेर किशोरीको हत्या, उत्तर बंगालमा प्रदर्शन उग्र बन्दै गत सोमबार स्कुलबाट फर्किएकी १७ वर्षीया किशोरीलाई २२ वर्षीय युवकले बलात्कार गर्न खोजेका थिए । पछि सिलगुढीको माटिगारा क्षेत्रको जीर्ण घरमा किशोरीको शव फेला परेको थियो ।
कांग्रेसको रुपान्तरण अभियानद्वारा सुशासनका पक्षमा प्रधानमन्त्रीको ध्यानाकर्षण
कांग्रेसको रुपान्तरण अभियानद्वारा सुशासनका पक्षमा प्रधानमन्त्रीको ध्यानाकर्षण अभियानकर्ताले ललिता निवास जग्गा प्रकरणमा निष्पक्ष अनुसन्धान र सम्पूर्ण दोषीलाई कारबाही गर्नु पर्ने तथा कसैलाई उन्मुक्ति दिन नहुने, नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान र कारबाहीको अन्तिम बिन्दुसम्म पुगेर संलग्नलाई कारबाही गर्नु पर्ने माग गरेको थियो ।
आर्थिक रुपान्तरणले मात्रै राजनीति परिवर्तनको औचित्य हुन्छ : गृहमन्त्री श्रेष्ठ
आर्थिक रुपान्तरणले मात्रै राजनीति परिवर्तनको औचित्य हुन्छ : गृहमन्त्री श्रेष्ठ उनले सरकाको मिसन सुशासन समृद्धि र सामाजिक न्याय भएको दाबी गरे । भ्रष्टाचार र अपराधको प्रभावकारी नियन्त्रण र आपराधिक क्रियाकलापमा संलग्नमाथि कारबाहीको प्रक्रिया थालेर देशमा सुशासन कायम गर्ने काममा सरकार लागेको उनको भनाइ थियो ।
आईओईले शुल्क वृद्धि गरेपछि नेविसंघद्वारा प्रधानमन्त्री निवास घेराउ
आईओईले शुल्क वृद्धि गरेपछि नेविसंघद्वारा प्रधानमन्त्री निवास घेराउ त्रिभुवन विश्वविद्यालयअन्तर्गत इञ्जिनियरिङ अध्ययन संस्था (आईओई)ले चार वर्षे स्नातक तहको शुल्क बढाएको विरोधमा नेविसंघले आन्दोलन गरेको हो । आईओईले एकैपटक तीन लाख रुपैयाँ शुल्क वृद्धि गरेको थियो ।
सुडानको विमानस्थलसहित मुख्य सरकारी कार्यालयमा विष्फोट
सुडानको विमानस्थलसहित मुख्य सरकारी कार्यालयमा विष्फोट प्रत्यक्षदर्शीका अनुसार विष्फोट खार्तुम अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको जेट इन्धन भण्डारमा समेत भएको थियो । त्यस्तै, राष्ट्रपति भवन नजिकै पनि विष्फोट भएको हो । सुडानमा १५ अप्रिलदेखि एसएएफ र आरएसएफबीच सशस्त्र झडप जारी छ । झडपमा परी तीन हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
समाजवादी प्रेस संगठनले असोजभित्र सबै प्रदेशमा भेला गर्ने
समाजवादी प्रेस संगठनले असोजभित्र सबै प्रदेशमा भेला गर्ने बैठकले संगठन सुदृढीकरणका सन्दर्भमा आइपर्ने विभिन्न समस्या निरुपण गर्न, केही रिक्त पदमा भूगोल, प्रदेशको सन्तुलन मिलाएर केही सदस्यलाई जिम्मेवारी तोक्न, आवश्यक रणनीति तय गर्न पदाधिकारी बैठकलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।
कहिलेदेखि हुन्छ मौसममा सुधार ?
कहिलेदेखि हुन्छ मौसममा सुधार ? मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । साथै नेपालमा अहिले भारतको उत्तर प्रदेशको उत्तरपूर्वी क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्र र बङ्लादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ । केही दिनदेखि परेको लगातारको वर्षा आइतबारदेखि कम हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
धरानमा हट्यो निषेधाज्ञा
धरानमा हट्यो निषेधाज्ञा धार्मिक साम्प्रदायिक हिंसा भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगर क्षेत्रमा जारी गरेको निषेधाज्ञा हटाइएको छ  ।
कार्यक्रम कार्यान्वयन पुस्तिकामा हेर्नुस् ईसीडी शिक्षकको तलबभत्ता
कार्यक्रम कार्यान्वयन पुस्तिकामा हेर्नुस् ईसीडी शिक्षकको तलबभत्ता सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यक्रम कार्यान्वयन पुस्तिकामा सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) को तलबभत्तासम्बन्धी उल्लेख गरिएको छ ।
कांग्रेसले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार, आरजु कृषिमा
कांग्रेसले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार, आरजु कृषिमा सत्तारुढ नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुंगो लगाएको छ ।
Weather Update