News Griha :: न्यूजगृह
प्लास्टिकको दाना भन्दै ल्याइएको सामान काजु पाइएपछि.. 
प्लास्टिकको दाना भन्दै ल्याइएको सामान काजु पाइएपछि..  भारतबाट प्लाष्टिकका दानाको बिजक पेस गरेर भन्सार पास गर्ने प्रक्रियामा रहेका दुईवटा ट्रक जाँच गर्दा फरक सामान भेटिएको भैरहवा भन्सार कार्यालय प्रमुख मनिराम पौडलले बताए । भन्सार प्रवेश गर्दा गरिने स्वघोषणामा प्लास्टिक दाना भनिए पनि भौतिक जाँचका क्रममा दुईवटै ट्रकमा ठूलो परिमाणमा फरक सामान फेला परेको उनले बताए । 
राप्ती खोलाले बगाउँदा एकजनाको मृत्यु
राप्ती खोलाले बगाउँदा एकजनाको मृत्यु शनिबार दिउँसो करिब साढे ३ बजेको समयमा माछा मार्ने क्रममा हेटौँडा उपमहानगरपालिका–११ का ४५ वर्षीय कुमार भारतीलाई सिमल्टारस्थित राप्ती खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
सेनाले किन दिन्छ विद्यार्थीलाई राष्ट्रिय सेवा दल तालिम ?, के गर्नुपर्छ तालिममा?
सेनाले किन दिन्छ विद्यार्थीलाई राष्ट्रिय सेवा दल तालिम ?, के गर्नुपर्छ तालिममा? विशेषगरी स्थानीयस्तरमा हुने विभिन्न खालका विपद्मा खोज तथा उद्धारका लागि राष्ट्रिय सेवा दलमा विद्यार्थीलाई आबद्ध गराएको जनाइएको छ । गणले दलमा आबद्धपूर्व विद्यार्थी र उनका अभिभावकलाई उद्देश्यबारे जानकारी गराउने गर्दछ ।
बाँकेमा डुबेर दुई जनाको मृत्यु
बाँकेमा डुबेर दुई जनाको मृत्यु स्थानीय खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका–४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर बताए ।
पिकनिक गएका २ जना त्रिशूली नदीमा बेपत्ता, खोजी गर्न सशस्त्र प्रहरी परिचालन
पिकनिक गएका २ जना त्रिशूली नदीमा बेपत्ता, खोजी गर्न सशस्त्र प्रहरी परिचालन बेपत्ता हुनेमा भरतपुर महानगरपालिका- १० का ३० वर्षका अर्जुन प्रधान र प्रवीण श्रेष्ठ छन् ।  अपरान्ह साढे ४ बजेतिर नदीमा बेपत्ता भएका दुवै जनाको खोजी भइरहेको चितवन प्रहरीले जनाएको छ  ।
प्रतिनिधि सभाअन्तर्गत समितिका सभापति निर्वाचनको कार्य तालिका सार्वजनिक
प्रतिनिधि सभाअन्तर्गत समितिका सभापति निर्वाचनको कार्य तालिका सार्वजनिक आइतबार सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्य तालिका तोकिएको छ । सभापतिका लागि दर्ता प्रस्तावहरू सोमबार सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिने छन् ।
अर्घा भगवती मन्दिर परिसरमा गयो पहिरो
अर्घा भगवती मन्दिर परिसरमा गयो पहिरो पहिरोका कारण प्रसिद्ध अर्घा भगवती मन्दिर परिसरमा जाने बाटो बन्द भएको छ । पहिरो गएपछि मन्दिरमा जान रोक लगाइएके छ । शुक्रबार गएको पहिरोलाई शसस्त्र प्रहरीका जवानहरूले पुर्ने तथा उकास्ने काम गरेको छ ।
धरानको घटनामा सद्भाव कायम राख्न सभापति देउवाको अपिल
धरानको घटनामा सद्भाव कायम राख्न सभापति देउवाको अपिल सत्तारुढ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले धरान उपमहानगरमा भएको घटनाले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकतामा खलल पुर्‍याउने भन्दै सद्भाव कायम राख्न अपिल गरेका छन् ।
लागू औषध अभियोगमा १३० जना पक्राउ, होला मृत्युदण्डको सजाय
लागू औषध अभियोगमा १३० जना पक्राउ, होला मृत्युदण्डको सजाय सिङ्गापुरका अधिकारीहरूले लागू औषध बोकेको अभियोगमा १३० जनालाई पक्राउ गरेका छन् । केन्द्रीय लागू औषध नियन्त्रण विभाग (सीएनबी)ले शनिबार विज्ञप्ति निकालेर यही अगस्ट १४ देखि २५ सम्म गरिएको देशव्यापी कारवाहीमा १३० जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।
जिसस कानुन निर्माणलाई प्राथमिकतामा राख्न एमालेको माग
जिसस कानुन निर्माणलाई प्राथमिकतामा राख्न एमालेको माग जिसस महासंघले आयोजना गरेको पहिलो समन्वय तथा अनुगमन राष्ट्रिय सम्मेलनमा उनले जिससको विषयलाई सबै राजनीतिक दलको साझा महत्वको विषय बनाउनु पर्ने बताए । साथै, उनले संविधानले चिनेको संयन्त्रलाई प्राथमिकता दिएर आवश्यक कानुन निर्माण कार्यलाई पूर्णता दिन सरकारसँग माग गरे ।
जसपा अध्यक्ष यादव भारत प्रस्थान
जसपा अध्यक्ष यादव भारत प्रस्थान जसपाका प्रवक्ता मनिषकुमार सुमनका अनुसार अध्यक्ष यादव भारतको नयाँदिल्ली हुँदै केरलाको कोची जाने छन् । उनी एक सातापछि स्वदेश फर्किने प्रवक्ता सुमनले जानकारी दिए ।
जब मन्दिरको दान पेटिकामा सय करोडको चेक भेटियो...
जब मन्दिरको दान पेटिकामा सय करोडको चेक भेटियो... कर्मचारीले मन्दिरका वरिष्ठ अधिकृतलाई जानकारी गराए । यो चेक देखेर उनी पनि छक्क परे । मन्दिर प्रशासनका अधिकारीहरू एमभीपी कालोनीस्थित कोटक बैंकको शाखामा पुगे । चेकबारे बैंकका कर्मचारीलाई सोध्दा सबै छक्क परे ।
Weather Update