News Griha :: न्यूजगृह
जिसस कानुन निर्माणलाई प्राथमिकतामा राख्न एमालेको माग
फाइल तस्बिर

काठमाडौं— नेकपा एमाले सांसद महेश बर्तौलाले जिल्ला समन्वय समिति (जिसस)को भूमिका स्पष्ट पार्दै काम, कर्तव्य र अधिकारको प्रभावकारिता बनाउन आवश्यक कानुन निर्माणमा ध्यान दिन सरकारसँग माग गरेका छन् ।

जिसस महासंघले आयोजना गरेको पहिलो समन्वय तथा अनुगमन राष्ट्रिय सम्मेलनमा उनले जिससको विषयलाई सबै राजनीतिक दलको साझा महत्वको विषय बनाउनु पर्ने बताए । साथै, उनले संविधानले चिनेको संयन्त्रलाई प्राथमिकता दिएर आवश्यक कानुन निर्माण कार्यलाई पूर्णता दिन सरकारसँग माग गरे ।

संसदको प्रमुख प्रतिपक्षी दल एमाले कानुन निर्माण प्रक्रियामा साथ दिन तयार रहेको बतएका उनले भने, ‘एमालेको तर्फबाट म यहाँहरुलाई भन्न चाहान्छु, प्रतिबद्धता व्यक्त गर्न चाहान्छु, राज्यले चिनेको, संविधानले चिनेको यो संरचनालाई संघीय सरकारले हामीले नचिन्न पाउँदैनौँ ।’

उनले संविधानले चिनेको राज्य संयन्त्रलाई कानुन अभावमा स्थानीय, संघ र प्रदेश सरकारले नचिन्ने अवस्थाको अन्त्य गर्न जतिसक्दो चाँडो सरकारले कानुन निर्माण प्रक्रियालाई अगाडि बढाउनु पर्नेमा जोड दिए । 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १५:५२
Weather Update