News Griha :: न्यूजगृह
धरानमा सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको अपिल 
धरानमा सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको अपिल  एक विज्ञप्ति जारी गर्दै आयोगले साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन तथा सामाजिक सद्भाव कायम राख्न सबैलाई अपिल गरेको हो ।
भारतमा रेलभित्र आगलागी हुँदा नौ जना तीर्थयात्रीको मृत्यु [भिडिओसहित]
भारतमा रेलभित्र आगलागी हुँदा नौ जना तीर्थयात्रीको मृत्यु [भिडिओसहित] पुनालुर–मदुराई एक्सप्रेसले लखनाउबाट ल्याएको उक्त डिब्बामा शनिबार बिहान आगालागी भएको पुष्टि गर्दै दक्षिणी रेलवेले प्रत्येक मृतकका आफन्तलाई १० लाख अनुदान दिने घोषणा गरेको छ । 
फ्रान्समा १९४७ पछिकै अधिक गर्मी, जनजीवन अस्तव्यस्त
फ्रान्समा १९४७ पछिकै अधिक गर्मी, जनजीवन अस्तव्यस्त स्वास्थ्य अधिकारीहरूले स्वास्थ्य सुरक्षाका लागि विभिन्न उपायहरू अपनाउन आग्रह गरेका छन् । बाहिरका गतिविधि नगर्न, आगोबाट बच्न र डढेलो लाग्न नदिने कुरामा शतर्क रहन आग्रह गरेका छन् ।
अति संकटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा फेला
अति संकटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा फेला ‘बेतना सिमसारमा धेरै वर्ष अघिदेखि पाउने गरिएको ती कछुवालाई मयुर प्वाँखे कछुवा भन्ने गरिन्थ्यो, तर त्यसको च्यापु हेरेपछि थाहा भयो यो नेपालको लागि नयाँ प्रजातिको कछुवा भनेर,’ वातावरण पत्रकार साथै प्राणी शास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीले भने ।
कस्तो छ अहिले धरानको अवस्था ?
कस्तो छ अहिले धरानको अवस्था ? धरान उपमहानगरको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए । ‘अहिले धरानको अवस्था सामान्य रहेको छ, त्यस्तो केही घटना सुनेको छैन्,’ उनले भने ।
चितवनमा एकै वर्ष १२ सय सम्बन्धविच्छेदका मुद्दा दर्ता
चितवनमा एकै वर्ष १२ सय सम्बन्धविच्छेदका मुद्दा दर्ता यस्तै चेक अनादारको मुद्दा ७२२, अंशसम्बन्धी मुद्दा ६२६, लागु औषधसम्बन्धी १६८ मुद्दा दर्ता भएका थिए । कार्यालयका सूचना अधिकारी नवराज सापकोटाका अनुसार गत आर्थिक वर्ष अदालतमा तीन हजार ४३५ मुद्दा दर्ता भएका थिए । 
गैरआवासीय नेपाली नागरिकता लिँदा झन्झट नहोस् भन्नेमा सरकार सजग छ : उपप्रधानमन्त्री श्रेष्ठ
गैरआवासीय नेपाली नागरिकता लिँदा झन्झट नहोस् भन्नेमा सरकार सजग छ : उपप्रधानमन्त्री श्रेष्ठ सिंहदरबारस्थित गृहमन्त्रालयमा गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा उनले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावलीमा समावेश गरिने प्रावधान गैरआवासीय नेपालीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
गोलभेँडाको भाउ घट्यो, अरु तरकारीको मूल्य कति?
गोलभेँडाको भाउ घट्यो, अरु तरकारीको मूल्य कति? समितिका अनुसार ठूलो गोलभेँडाको न्यूनतम मूल्य आज ८० रुपैयाँ प्रतिकेजी तोकिएको छ । नेपाली सानो गोलभेँडा ५८ रुपैयाँ, रातो आलु ५२ रुपैयाँ, भारतीय प्याज सुकेको ७३ रुपैयाँ, गाजर १०० रुपैयाँ तथा स्थानीय काउली ६० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको छ ।
बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित
बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित अविरल वर्षासँगै आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । मेलम्ची नदीमा आएको बाढीका कारण हेलम्बु गाउँपालिका–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन शुक्रबार साँझ बगाएको स्थानीय श्याम शर्माले जानकारी दिनुभयो । अन्य भवन पनि जोखिममा रहेका छन् । त्यस्तै ग्याल्थुम बजार पनि जोखिममा परेको छ ।
अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल भ्रमणमा आउँदै 
अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल भ्रमणमा आउँदै  सिनेटर भ्यान होलेनको कार्यालयले दिएको जानकारीअनुसार नेपाल भ्रमणको क्रममा उनले सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, गैरनाफामूलक संस्थाका प्रतिनिधि र व्यवसायीलगायतसँग भेट गर्नेछन् । उनले अमेरिकी सहयोगमा सञ्चालित प्रोजेक्ट र स्थानीय सांस्कृतिक महत्त्वका क्षेत्रमासमेत भ्रमण गर्नेछन् । 
धरानमा आज निषेधाज्ञा, सामाजिक सद्भाव कायम राख्न अपिल
धरानमा आज निषेधाज्ञा, सामाजिक सद्भाव कायम राख्न अपिल धरानका सबै राजनीतिक दलहरूले पनि सामाजिक सद्भाव कायम गर्न र द्वन्द्वको वातावरण अन्त्य गर्न सबै पक्षलाई अपिल गरेका छन् । शुक्रबार बसेको सर्वदलीय बैठकले विगत केही दिनदेखि धरानमा देखिएको असहज परिस्थितिले सामाजिक सद्भाव, सहिष्णु वातावरण बिथोलिने आशङ्का उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरिएको छ । 
बागलुङमा पहिरोले दुई घर भत्किए, दर्जन बढी उच्च जोखिममा
बागलुङमा पहिरोले दुई घर भत्किए, दर्जन बढी उच्च जोखिममा बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाको कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार पूर्णरुपमा विस्थापित भएका छन् । 
Weather Update