News Griha :: न्यूजगृह
बुबाआमाको नाममा मन्त्री किरातीले रोपे वरपिपल

काठमाडौं— संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले स्वर्गीय बुबा र आमाका नाममा पाशुपत क्षेत्रमा वर र पिपल रोपेका छन् ।

शनिबार सामाजिक सञ्जालमा उनले बुबाआमाको सम्झनामा प्रकृतिका लागि पशुपतिमा वरपिपल रोपेर शनिबारबाट बुबाको काम सकेको जानकारी दिएका हुन् ।

‘सम्झनामा बुबा र आमा वर र पिपल हुनु भयो, पितृको संसारमा जानु भएको  बुबा र आमाको सम्झनामा प्रकृतिको लागि पशुपतिमा वर र पिपल रोपियोसँगै आजैबाट बुबाको काम सकियो,’ उनले भने ।

थप सामाजिक र सिर्जनात्मक काम उनीहरूको नाममा काम गर्दै जाने प्रतिबद्धता जनाउँदै थप लेखेका छन्, ‘समय र स्वास्थ्यले साथ दिएमा थप सामाजिक र सिर्जनात्मक काम उहाँहरूको नाममा गर्दै जाने छु ।’
 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १३:५९
Weather Update