धरानमा सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको अपिल

काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगले धरानमा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।
‘नेपालको संविधानको प्रस्तावनामा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधता बीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रबर्द्धन गर्ने उल्लेख गरिएको छ, उल्लेखित संवैधानिक व्यवस्थाका साथै संयुक्त राष्ट्र संघको बडापत्र, मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा नेपाल पक्ष राष्ट्र भएका महासन्धिका व्यवस्थाहरुलाई समेत आत्मसात गर्दै सामाजिक सद्भाव कायम गर्नु, गराउनु सबैको कर्तव्य हुन आउँछ,’ विज्ञप्तिमा भनिएको छ ।
साथै आयोगले धरानमा हिंसा भड्किन सक्ने आँकलन गर्दै त्यसतर्फ सचेत रहन अपिल गरेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८० १३:३५













