![भारतमा रेलभित्र आगलागी हुँदा नौ जना तीर्थयात्रीको मृत्यु [भिडिओसहित]](https://static.toiimg.com/thumb/imgsize-23456,msid-103077781,width-600,resizemode-4/103077781.jpg)
काठमाडौं— भारतमा शनिबार बिहान मदुराइ रेलवे स्टेशन नजिकै रोकेर राखिएको रेलको डिब्बाभित्र आगलागी हुँदा उत्तर प्रदेशबाट यात्रा गरिरहेका नौ जना तीर्थयात्रीको मृत्यु भएको छ । घटनामा ५० जना घाइते भएका छन् ।
पुनालुर–मदुराई एक्सप्रेसले लखनाउबाट ल्याएको उक्त डिब्बामा शनिबार बिहान आगालागी भएको पुष्टि गर्दै दक्षिणी रेलवेले प्रत्येक मृतकका आफन्तलाई १० लाख अनुदान दिने घोषणा गरेको छ ।
अवैध रूपमा तस्करी गरिएको ग्यास सिलिण्डर रेलको डिब्बामा राखिएको र सोही विष्फोट हुँदा उक्त हतातहती भएको रेलवेले एक विज्ञप्ति निकालेर बताएको छ ।
कफी बनाउन ग्यासको चुलो बाल्ने प्रयास गर्दा सिलिण्डर विष्फोट भएको उल्लेख गर्दै विज्ञप्तिमा ५५ जनालाई उद्धार गरिएको र नौ शव बरामद गरिएका जनाइएको छ । दुर्घटनास्थलमा उद्धार जारी छ ।
दक्षिणी रेलवेका मुख्य जनसम्पर्क अधिकारी बी गुगनेसनले रेलको डिब्बाभित्र यात्रीले गैरकानुनी रुपमा ग्यास सिलिण्डर राखेर भान्सासमेत सञ्चालन गर्दा दुर्घटना भएको बताएका छन् ।
जुनसुकै यात्रीले रेलका डिब्बा आवश्यक दस्तुत तिरेर यात्रा गर्न सक्ने तर कुनै पनि प्रज्वलनशील पदार्थ ल्याउन नपाइने काुननी व्यवस्था रहेको उनले स्पष्ट गरेका छन् । एजेन्सी
#TrainAccident | Nine passengers from Lucknow killed as fire guts private party coach at #Madurai railway yard https://t.co/Bv1TXp6npmpic.twitter.com/TsTH164qkU
— The Times Of India (@timesofindia) August 26, 2023













