कार्यक्रम कार्यान्वयन पुस्तिकामा हेर्नुस् ईसीडी शिक्षकको तलबभत्ता
काठमाडौं— सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यक्रम कार्यान्वयन पुस्तिकामा सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) को तलबभत्तासम्बन्धी उल्लेख गरिएको छ ।
पुस्तिकामा ईसीडी शिक्षकलाई संघीय सरकारबाट मासिक १० हजार रुपैयाँ तलब र एक वर्षको चाडपर्व खर्च दिने उल्लेख छ ।
उनीहरूले हाल स्थानीय तहबाट ७ हजार र संघीय सरकारबाट १० हजार रुपैयाँ मासिक तलब पाउँदै आएका छन् । कतिपय स्थानीय तहले ७ हजार रुपैयाँ पनि नदिएको ईसीडी शिक्षककै भनाइ छ ।
ईसीडी शिक्षकले एकद्वारा प्रणालीबाटै एकमुष्ट तलबको माग गर्दै आएका छन् । यतिखेर उनीहरू दरबन्दी, प्रा.वि.तह सरह सेवासुविधालगायतका माग राखेर आन्दोलन गर्दै आएका छन् ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८० ०९:१९














