कांग्रेसले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार, आरजु कृषिमा

काठमाडौं— सत्तारुढ नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुंगो लगाएको छ ।
कृषि समितिकाे सभापतिमा आरजु राणा देउवा, राज्य व्यवस्था समितिमा रामहरि खतिवडा, संसदीय सुनुवाइ समितिमा जीवन परियार, अर्थ समितिमा सन्तोष चालिसेको नाममा सहमति भएको कांग्रेसका एक नेताले जानकारी दिए ।
कांग्रेसको भागमा ४ वटा समितिकाे सभापति परेकाे छ । संसदीय समितिको नेतृत्वका लागि आइतबार मनोनयन हुँदैछ ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८० ०८:५३















