संसदीय समिति सभापति निर्वाचन प्रक्रिया सुरु

काठमाडौं— हाल समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्दै आएको संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । प्रतिनिधि सभाको निर्वाचन भएको ९ महिनापछि सो नेतृत्व चयन प्रक्रिया अघि बढेको हो ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि निर्धारण गरेको घोषणा गरेका थिए ।
समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आइतबार बिहान ११ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८० ०७:१९