
काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक आर्थिक रुपान्तरणको प्रकृयालाई तीव्र पारे मात्र राजनीति परिवर्तनको औचित्य पुष्टि हुने बताएका छन् ।
आइतबार पर्साको एक समारोहलाई सम्बोधन गर्दै उनले देशलाई स्वाधीन, समृद्ध बनाए मात्र राजनीतिक परिवर्तनलाई सदुपयोग गरेको पुष्टि हुने बताएका हुन् ।
‘राजनीति परिवर्तनको औचित्य पुष्टि गर्न, राजनीतिक परिवर्तनको रक्षालाई सुदृढ गर्न, हामीले समामाजिक आर्थिक रुपान्तरणको प्रकृयालाई तीव्र पार्नु पर्छ’ उनले भने, ‘नेपाललाई स्वाधिन सुन्दर देश र समृद्ध देश बनाउनु पर्छ, तब हामीले यो राजनीतिक परिवर्तनलाई सदुपयोग गरेको पुष्टि हुन्छ ।’
उनले सरकाको मिसन सुशासन समृद्धि र सामाजिक न्याय भएको दाबी गरे । भ्रष्टाचार र अपराधको प्रभावकारी नियन्त्रण र आपराधिक क्रियाकलापमा संलग्नमाथि कारबाहीको प्रक्रिया थालेर देशमा सुशासन कायम गर्ने काममा सरकार लागेको उनको भनाइ थियो ।













