
गुण्डा रिगलविरुद्धको मुद्दा खतिवडा, मल्ल र चुडालको इजलासमा मंगलबार, कात्तिक १४, २०८० गुण्डानाइके रिगल भनिने योगराज ढकाल विरुद्धको रिट न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा.कुमार चुडालको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ ।

जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी मंगलबार, कात्तिक १४, २०८० बिरामी पर्नेमा जिल्लाको इस्मा गाउँपालिका–६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय विमल र आठ वर्षीया सुस्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रिन्सिपल हत्या प्रकरण : पक्राउ पर्नेको संख्या ६ पुग्यो मंगलबार, कात्तिक १४, २०८० सोमबार दिउँसो दुई वटा मोटरसाइकलमा आएका चारजनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेर भागेको थियो । टाउको र छातीमा गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको उपचारका क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा मापसे गरी सवारी चलाउने ७५ जना पक्राउ मंगलबार, कात्तिक १४, २०८० प्रवक्ता भट्टका अनुसार अन्य विभिन्न प्रकृतिका ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ६६ जनासहित पछिल्लो २४ घण्टामा एक हजार पाँच सय २७ जना चालकलाई कारबाही गरेको जानकारी दिए । प्रहरीले यसरी नियम मिच्दा दुर्घटनाको जोखिम हुने भएकाले नियमसम्मत रूपमा सवारीसाधन सञ्चालन गर्न पनि अनुरोध गरेको छ ।

मानव बेचबिखनमा प्रहरीकै ‘कनेक्सन’ मंगलबार, कात्तिक १४, २०८० प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी सोमबार अदालतबाट म्याद लिई अनुसन्धान शुरु गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले मानव तस्करीमा ‘कनेक्सन’ देखिएपछि उनलाई पक्राउ गरेको जानकारी दिए ।

इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान मंगलबार, कात्तिक १४, २०८० दक्षिणी इजरायलमा असोज २० गते भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरूमध्ये सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार र धनुषा सपही –६ का अनन्द साहको शव पहिचान हुन बाँकी थियो ।

वर्षा र हिमपातको सम्भावना मंगलबार, कात्तिक १४, २०८० महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अबको केही दिन देशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली...

बारामा प्रिन्सिपल हत्या प्रकरणः मुख्य योजनाकारसहित २ पक्राउ सोमबार, कात्तिक १३, २०८० बाराको कलैयास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल रूपेश स्वर्णकारको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले मुख्य योजनाकारसहित २ जनालाई पक्राउ गरेको छ ।

गोली हानी प्रिन्सिपलको हत्या गर्ने एक जना पक्राउ सोमबार, कात्तिक १३, २०८० कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित मदरसा टोलमा ३५ वर्षीय रूपेश स्वर्णकारको गोली हानेर हत्या गरेको घटनामा एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

ट्राफिक चेकिङमा नागरिक एपबाटै ड्राइभिङ लाइसेन्स देखाउँदा हुने सोमबार, कात्तिक १३, २०८० सरकारले नागरिक एपमै दर्ता भएका सवारी साधनको विवरणसहित ट्राफिक नियम उल्लंघनमा कारवाहीमा परेको विवरण समेत राख्ने तयारी हुँदैछ । यसले ट्राफिक प्रहरीलाई सवारी चेकजाँचमा थप सहज हुनेछ । सूचना प्रविधि केन्द्रले आफ्नो यदि नागरिक एपमा सवारी चालक अनुमति पत्र लिंक गर्न चालकहरुलाई अनुरोध गरेको छ ।
-1696755599.jpg)
पत्रकार सम्मेलनमै बेहोस भइन् भारती सोमबार, कात्तिक १३, २०८० गत शुक्रबारदेखि अनसन थालेकी उनी सोमबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलनमा पुगेकी थिइन् । पत्रकार सम्मेलनमा अरु वक्ताहरुले बोल्ने क्रममा उनी बेहोस भएपछि वीर अस्पताल लगिएको छ । यसअघि सर्वोच्च अदालतमा तारिख लिन जाँदा पनि बेहोस भएर ढलेपछि उनलाई वीर अस्पताल लगिएको थियो ।
![अज्ञात समूहले चलाएको गोली लागेर घाइते भएका रूपेशको मृत्यु [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/rupesh-bara-1698654307.jpg)
अज्ञात समूहले चलाएको गोली लागेर घाइते भएका रूपेशको मृत्यु [अपडेट] सोमबार, कात्तिक १३, २०८० प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागि वीरगञ्जस्थित मेडिसिटी वयोधा अस्पतालमा लगिएको छ । अस्पतालले स्वर्णकारको मृत्यु भएको पुष्टि गरेको हो । गोली चलाउने व्यक्तिको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।









