News Griha :: न्यूजगृह
बारामा बस दुर्घटना, एकको मृत्यु, ११ जना घाइते
बारामा बस दुर्घटना, एकको मृत्यु, ११ जना घाइते बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना घाइते छन् । चितवनबाट वीरगञ्ज जाँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस शनिबार राति जितपुर उपमहानगरपालिका–२ सिमरा चोकमा दुर्घटना हुँदा भारतको मोतिहारी घर भई वीरगञ्ज बस्दै २७ वर्षीय मुकेश साहको मृत्यु भएको हो ।
सामूहिक हत्या गरिएका चारै जनाको शव गमगढी ल्याइयो
सामूहिक हत्या गरिएका चारै जनाको शव गमगढी ल्याइयो जिल्ला प्रहरी कार्यालय मुगुले मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक  छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ । छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक  छोरी गत शुक्रबार मृतावस्थामा फेला परेका थिए  ।
दुर्घटनामा प्रहरी जवानको मृत्यु
दुर्घटनामा प्रहरी जवानको मृत्यु प्रहरीका अनुसार शनिबार बिहान निजगढ नगरपालिकाबाट वडा नं ८ बाट जितपुर सिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको सूचनापछि खोजी गर्दै जाने क्रममा उनी दुर्घटनामा परेका हुन् ।
बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने पक्राउ
बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने पक्राउ १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने एक पुरुष पक्राउ परेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ४३ वर्षीय शमशेर गुरुङ शुक्रबार पक्राउ परेका हुन् । 
पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ । 
एनआरएनए निर्वाचनमा धाँधली भएको अनुगमन समितिको ठहर, यस्ता छन् धाँधलीका प्रमाणहरू [प्रतिवेदनसहित]
एनआरएनए निर्वाचनमा धाँधली भएको अनुगमन समितिको ठहर, यस्ता छन् धाँधलीका प्रमाणहरू [प्रतिवेदनसहित] गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा भएको अनलाइन निर्वाचन र मतदानको अनुगमन गर्न गठित निर्वाचन अनुगमन समितिले निर्वाचनका क्रममा योजनाबद्ध रुपमा धाँधली गरिएको ठहर  गरेको छ ।
मदिरा सेवन गरेर महिलामाथि दुर्व्यवहार गर्ने डीएसपी निलम्बित
मदिरा सेवन गरेर महिलामाथि दुर्व्यवहार गर्ने डीएसपी निलम्बित गम्भीर आरोप लागेपछि कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएका जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छन् । मदिरा सेवन गरेर महिला प्रहरीलाई दुर्व्यवहार गरेको उजुरीपछि उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो ।
राष्ट्रसङ्घका महासचिवको भ्रमणको तयारी पूरा
राष्ट्रसङ्घका महासचिवको भ्रमणको तयारी पूरा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणको तयारी पूरा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको  निमन्त्रणामा उनी चारदिने भ्रमणमा शनिबार राति नेपाल आउँदै छन् ।  
पाल्पामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
पाल्पामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु पाल्पा प्रहरीका अनुसार स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ५ का ४१ वर्षीय मोहनीलाल थापा शनिबार दिउँसो सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर १ बिरौटामा दुर्घटनामा परेका थिए । 
दसैँमा काठमाडौं उपत्यकामा १०३ घटना, दुईको मृत्यु, ११८ घाइते
दसैँमा काठमाडौं उपत्यकामा १०३ घटना, दुईको मृत्यु, ११८ घाइते फूलपाती यता शनिबार बिहानसम्म केही छिटफुट घटना भए पनि ठूला आपराधिक घटना, चोरी डकैती, तथा दुर्घटना नभएको कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार शान्ति सुरक्षाका हिसाबले यसपालिको दसैँ विगतका वर्षहरूमा भन्दा सौहार्द्रपूर्ण रुपमा सकिएको छ ।
इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभाबाट पारित, नेपालले गर्‍यो पक्षमा मतदान
इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभाबाट पारित, नेपालले गर्‍यो पक्षमा मतदान इजरायल र हमासबीच २२  दिनदेखि जारी युद्ध रोक्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभाबाट पारित भएको छ । महासभाबाट शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्धविरामको आह्वान गरिएको छ ।
बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा
बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् । आजको दिन सायङ्कालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएको...
Weather Update