-1696755599.jpg)
काठमाडौं— पतिको हत्यामा दोषी ठहर भएका योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध अनसन थालेकी भारती शेर्पा पत्रकार सम्मेलनस्थलमै बेहोस भएकी छन् ।
गत शुक्रबारदेखि अनसन थालेकी उनी सोमबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलनमा पुगेकी थिइन् । पत्रकार सम्मेलनमा अरु वक्ताहरुले बोल्ने क्रममा उनी बेहोस भएपछि वीर अस्पताल लगिएको छ । यसअघि सर्वोच्च अदालतमा तारिख लिन जाँदा पनि बेहोस भएर ढलेपछि उनलाई वीर अस्पताल लगिएको थियो ।
यो पनि पढ्नुहोस
दिनदहाडै खुँडा हानेर युवकको हत्या गर्ने गुण्डालाई आममाफी
पति चेतन मानन्धरको हत्यामा संलग्नलाई दिइएको कैद छुटको निर्णय खारेज हुनुपर्ने माग राखी उनले असोज १७ गतेदेखि अनसन शुरु गरेकी थिइन् । दसैँ विदामा अनसन स्थगित गरेकी उनले गत शुक्रबारदेखि फेरि रिले अनसन जारी राखेकी छन् ।
शेर्पाले आफ्ना पतिको हत्यामा संलग्न बाँकेका रिगलको कैद मिनाहा गर्ने मन्त्रिपरिषदको सिफारिस र राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा समेत रिट निवेदन दर्ता गरेकी छन् ।
सर्वोच्च अदालतले मुद्दाको सुनुवाइपछि विपक्षीहरुसँग कागजात समेत मगाइसकेको छ । मंगलबारदेखि उनको मुद्दामा निरन्तर सुनुवाइ हुनेछ ।













