News Griha :: न्यूजगृह
भूकम्प अपडेट : १५७ को मृत्यु, २०८ घाइते
भूकम्प अपडेट : १५७ को मृत्यु, २०८ घाइते मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार, अस्थायी आवास र खाद्यान्न व्यवस्थापनका लागि उक्त रकम खर्च हुने छ । खोज, उद्धार र राहतसम्बन्धी थप निर्णय आइतबारको मन्त्रिपरिषद् बैठकबाट गर्ने सरकारको तयारी छ । सरकारले भूकम्पमा परी घाइते हुनेको निःशुल्क उपचारको व्यवस्था पनि मिलाएको छ । भूकम्पले घर भत्किएकाको हकमा अस्थायी आवासका लागि...
चाउचाउको भरमा खुला आकासमुनि रात कटाए भूकम्पपीडितले
चाउचाउको भरमा खुला आकासमुनि रात कटाए भूकम्पपीडितले विनाशकारी भूकम्पपछि जाजरकोटमा अधिकांश कच्ची घर ढलेका छन् । सग्लो रहेका घरमा पनि छिर्ने हिम्मत छैन पीडितको । जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ रिम्नाका स्थानीयहरू रातभर खुला आकासमुनि ओछ्‌यान लगाएर सुते । रासन-पानी सबै घरमा पुरिएकाले चाउचाउ खाएर उनीहरूले रात बिताए । यो गाउँमा एकै परिवारका २ सहित ८...
रुकुम पश्चिममा भूकम्पबाट ५२ जनाको मृत्यु, आजदेखि राहत सामग्री वितरण गरिने
रुकुम पश्चिममा भूकम्पबाट ५२ जनाको मृत्यु, आजदेखि राहत सामग्री वितरण गरिने रुकुम पश्चिममा भूकम्पपीडितको उद्धार सकिएको छ । शुक्रबार रातिदेखि सुरु भएको उद्धार शनिबार साँझ सकिएको हो । भूकम्पमा परी जिल्लाभर ५२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए । खड्काका अनुसार ५२ जनाको शव परीक्षणपश्चात् परिवारलाई हस्तान्तरण गरिने छ ।
जाजरकोट भूकम्प अपडेटः आठबीसकोटमा उद्धार कार्य सकियो, ४२ मृत्यु, १०० घाइते
जाजरकोट भूकम्प अपडेटः आठबीसकोटमा उद्धार कार्य सकियो, ४२ मृत्यु, १०० घाइते गएरातिदेखि नै सुरु गरिएको पहिलो चरणको उद्धार कार्य आज सकिएको हो । भूकम्पमा परी नगरपालिकाका ४२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए । प्रहरी निरीक्षक खड्काका अनुसार ४२ जनाको शव घरपरिवारले बुझिसकेका छन् ।
मौसम पूर्वानुमान : भूकम्प प्रभावित क्षेत्रमा वर्षाको सम्भावना छैन
मौसम पूर्वानुमान : भूकम्प प्रभावित क्षेत्रमा वर्षाको सम्भावना छैन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामा वर्षाको सम्भावना नरहेको जनाएको छ । आजदेखि दुई–तीन दिनसम्म बादल लागे पनि पानी भने नपर्ने मौसमविद गोविन्द झाले जानकारी दिए ।
ओमनमा घरेलु कामदारलाई जबर्जस्ती गर्ने नेपाली दलाल पक्राउ
ओमनमा घरेलु कामदारलाई जबर्जस्ती गर्ने नेपाली दलाल पक्राउ नेपालबाट घरेलु कामदारमा पठाउन ल्याइएको एक नेपाली युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले राईलाई पक्राउ गरेको हो । पीडित नेपाली युवतीले उद्धारका लागि गैर आवासीय नेपाली सोसल क्लब (एनआरएन)लाई अपिल गरेकी थिइन् ।
भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुग्यो
भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुग्यो उनका अनुसार जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । भूकम्पमा परी जाजरकोटमा १०५ जना, रूकुम पश्चिममा ५२ जना, दैलेखमा ३ जना, बैतडीमा ३ जना, जुम्लामा ५ जना, रोल्पामा १ गरी कुल २०२ जना घाइते भएका थापाले जानकारी दिए ।
जाजरकोट र रुकुम पश्चिम : भूकम्पपछिको उद्धारमा ८५९ जना प्रहरी परिचालित
जाजरकोट र रुकुम पश्चिम : भूकम्पपछिको उद्धारमा ८५९ जना प्रहरी परिचालित कार्यालयका अनुसार जाजरकोटबाट ४५०, रुकुम पश्चिमबाट ३२०, प्रदेश प्रहरी कार्यालय र गण सुर्खेतबाट ३९, चौरजहारी बेस क्याम्पबाट २०, नेपाल प्रहरी अस्पतालका चिकित्सक ११, सल्यानबाट १० र इलाका प्रहरी कार्यालय बादेपिपल सुर्खेतबाट ९ जना जनशक्ति परिचालन गरिएको छ । 
राहत र उद्धारमा हातेमालो गर्न प्रधानमन्त्रीको अपिल
राहत र उद्धारमा हातेमालो गर्न प्रधानमन्त्रीको अपिल उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो राति गएको विनाशकारी भूकम्पको क्षति बुझ्न, पीडितका पीडा र अनुभूतिहरू सुन्न, घाइतेहरूको उद्धार र पीडितको राहतका निम्ति प्रभावित क्षेत्रमा छु । पीडितलाई राहत र पुनर्स्थापना एवं घाइतेहरूको उपचारका लागि सरकार गम्भीर रहेको जानकारी गराउँदै यस कार्यमा सहकार्य र हातेमालोको लागि सम्पूर्ण राजनीतिक दल, निजी...
भूकम्पमा उद्धार र राहतको काम एकद्वार प्रणालीबाट : गृहमन्त्री श्रेष्ठ
भूकम्पमा उद्धार र राहतको काम एकद्वार प्रणालीबाट : गृहमन्त्री श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्धार र राहतका कामहरू एकद्वार प्रणालीबाट लागू गर्ने निर्णय गरेको बताएका छन् । गृह मन्त्रालयको आकस्मिक बैठकपछि उनले उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललाई परिचालित गरेको भन्दै आवश्यक परेको अवस्थामा अझ जनशक्ति पठाउने निर्णय गरेको बताए ।
भूकम्प प्रभावितको उद्धार र राहतका लागि सरकारले जाजरकोट र रूकुम पश्चिमलाई पाँच-पाँच करोड दिने
भूकम्प प्रभावितको उद्धार र राहतका लागि सरकारले जाजरकोट र रूकुम पश्चिमलाई पाँच-पाँच करोड दिने सरकारले भूकम्प प्रभावितको उद्धार र राहतका लागि राहत व्यवस्थापन कोषबाट ५/५ करोड रुपैयाँ तत्काल पठाउने निर्णय भएको गरेको छ । शनिबार गृह मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले पश्चिम नेपालमा गएको भूकम्प प्रभावितको राहतका लागि सो रकम पठाउने निर्णय गरेको उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए ।
Weather Update