News Griha :: न्यूजगृह
कसरी जान्छ भूकम्प?
कसरी जान्छ भूकम्प? भूकम्प एउटा दैवी तथा प्राकृतिक विपत्ति हो । अकल्पनिय र अनुमान गर्न नसकिने ठूलो विपत्ति नै भूकम्प हो । अकल्पनिय विपत्ति भएकै कारण पृथ्वीमा भूकम्पले धनजनको ठूलै क्षति गर्दै आएको छ। २०७२ सालको विनाशकारी भूकम्पले नेपालमा आठ हजारभन्दा बढीको ज्यान गयो। यसबारे विश्व भरका वैज्ञानिक तथा विद्वानहरूले धेरै खोज अनुसन्धान...
कसरी भइरहेको छ भूकम्पका घाइतेहरूको उद्धार र उपचार? 
कसरी भइरहेको छ भूकम्पका घाइतेहरूको उद्धार र उपचार?  जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पमा सयौँ मानिस घाइते छन् । राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा जाजरकोट र रूकुम पश्चिमका नागरिक बढी प्रभावित भएका छन् ।
कर्णाली सरकारको आकस्मिक बैठक, राहत र उद्धार तीव्र बनाउने निर्णय
कर्णाली सरकारको आकस्मिक बैठक, राहत र उद्धार तीव्र बनाउने निर्णय शनिबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतका लागि सबै निकायसँग सहकार्य गर्ने तथा सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको हो । प्रदेश सरकारसँग उपलब्ध भएको राहत सामग्री तत्काल पठाउने र नपुगेको खरिद गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बताए ।
जाजरकोटका घाइतेलाई भेटेर रुकुम फर्किए प्रधानमन्त्री
जाजरकोटका घाइतेलाई भेटेर रुकुम फर्किए प्रधानमन्त्री जाजरकोटको खलङ्गास्थित जिल्ला अस्पतालमा पुगेर प्रधानमन्त्री प्रचण्डले घाइतेहरूलाई भेटेर ढाडस दिएका हुन् । नेपाली सेनाका १६ जनाको मेडिकल टीमसहित पुगेका उनले डाक्टर र औषधी लिएर आएको बताउँदै घाइते र आफन्तलाई चिन्ता नलिने भनेका थिए ।
भूकम्प प्रभावितको उद्धार र राहतबारे निर्णय लिन गृह मन्त्रालयमा बैठक
भूकम्प प्रभावितको उद्धार र राहतबारे निर्णय लिन गृह मन्त्रालयमा बैठक प्रधानमन्त्री कार्यालय, सुरक्षा निकायका प्रमुखहरू, स्वास्थ्य मन्त्रालय, सङ्घीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरूसहितको बैठक सिंहदरबारमा बसेको हो । बैठकले प्रभावित क्षेत्रमा राहत तथा उद्धारका कार्यक्रम कसरी अघि बढाउने भन्नेबारे निर्णय लिने छ । 
भूकम्प प्रभावित क्षेत्रको अनुगमनमा प्रधानमन्त्री 
भूकम्प प्रभावित क्षेत्रको अनुगमनमा प्रधानमन्त्री  शनिबार बिहानै स्वास्थ्यकर्मीको टोलीसहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रभावित क्षेत्रको अनुगमन गरिरहेका छन् ।स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्र पुगेका प्रधानमन्त्री प्रचण्ड अनुगमन र उद्धारमा खटिएका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
भूकम्प प्रभावितका लागि मेडिकल टीम लगेर गएको स्काई ट्रकले चौरजहारी विमानस्थलमा अवतरण गर्न सकेन 
भूकम्प प्रभावितका लागि मेडिकल टीम लगेर गएको स्काई ट्रकले चौरजहारी विमानस्थलमा अवतरण गर्न सकेन  नेपालगञ्ज विमानस्थलका अनुसार चौरजहारी विमानस्थलको मौसम नखुलेका कारण सेनाको स्काइ ट्रक त्यहाँ अवतरण गर्न नसकेको हो । सशस्त्र प्रहरी बलको अस्पतालबाट ८ जना र वीर अस्पतालबाट ६ जना गरेर १४ जना स्वास्थ्यकर्मीको टोलीसहित नेपाली सेनाको स्काई ट्रक चौरजहारी प्रस्थान गरेको थियो ।
रुकुमलाई केन्द्रित गरी हवाई उडान गर्न सरकारको निर्देशन
रुकुमलाई केन्द्रित गरी हवाई उडान गर्न सरकारको निर्देशन सरकारले नेपाल एअरलाइन्सलाई रुकुम पश्चिमको चौरजहारीलाई केन्द्रित गरेर हवाई उडान गर्न र अन्य एअरलाइन्सहरुलाई स्ट्याण्डबाई अवस्थामा रहन निर्देशन दिएको छ ।
भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १२८ पुग्यो
भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १२८ पुग्यो शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार, जाजरकोटमा भूकम्पबाट ९२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते छन् । यसैगरी,  रूकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ र ८५ जना घाइते छन् । थप विवरण...
१६ जनाको मेडिकल टोली लिएर प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ लागे
१६ जनाको मेडिकल टोली लिएर प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ लागे जाजरकोट र रुकुम पश्चिममा गएराती गएको भूकम्पले पुर्‍याएको क्षतिबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डाक्टरको टोलीसहित त्यसतर्फ उडेका छन् । भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको र धेरै घाइते भएको कारण डाक्टरको टोली लिएर प्रधानमन्त्री त्यसतर्फ उडेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
भूकम्पमा घाइते भएकाको उद्धारका लागि हेलिकप्टर पठाउने सरकारको तयारी
भूकम्पमा घाइते भएकाको उद्धारका लागि हेलिकप्टर पठाउने सरकारको तयारी सरकारले जाजरकोट र रुकुमका भूकम्पप्रभावितको उद्धार र राहतका लागि स्वास्थ्यकर्मीसहित हेलिकप्टर पठाउने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको हेलो सरकारले तत्काल हेलिकप्टर पठाउने तयारी भइरहेको जनाएको हो ।
तारा एअरका दुई पाइलट कुटाकुट प्रकरणपछि विमानस्थल प्रमुख पनि निलम्बित 
तारा एअरका दुई पाइलट कुटाकुट प्रकरणपछि विमानस्थल प्रमुख पनि निलम्बित  नागरिक उड्डयन प्राधिकरणले मन्थली विमानस्थलका प्रमुख अशोक थापालाई निलम्बन गरेको छ । प्राधिकरणले शुक्रबार विमानस्थल परिसरमा तारा एअरका दुई पाइलटबीच भएको विवादको छानबिन गर्नका लागि विमानस्थल प्रमुखलाई निलम्बन गरेको हो । 
Weather Update