News Griha :: न्यूजगृह
आमाको आत्मदाह प्रयासमा पाँच वर्षीया छोरीको मृत्यु
आमाको आत्मदाह प्रयासमा पाँच वर्षीया छोरीको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार शुक्रबार राति ८:३० बजेतिर मायाले आफ्नै शरीरमा पेट्रोल खन्याइ आगो लगाएकी थिइन्। घटनामा दुवै जना गम्भीर घाइते भएकाले उपचारका लागि बीएन्डसी अस्पतालमा भर्ना गरिएको थियो।
सगरमाथा क्षेत्र भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु 
सगरमाथा क्षेत्र भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु  कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार मिश्रका अनुसार जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्क्षेपस्थित एक होटलमा बास बसेका बेलायती नागरिक डायरोको सोही स्थानमा मृत्यु भएको हो। गत माघ २४ गते नमस्ते ट्रेकिङ कम्पनीमार्फत सगरमाथा क्षेत्र भ्रमणमा आएका उनी लुक्लाबाट सगरमाथा आधार शिविर जाने क्रममा गोरक्क्षेपस्थित हिमालयन लजमा बास बसेका थिए। सोही...
मूर्ति सेलाउने क्रममा रौतहटमा झडप, प्रशासनले लगायो ईशनाथ नगरपालिकामा कर्फ्यु
मूर्ति सेलाउने क्रममा रौतहटमा झडप, प्रशासनले लगायो ईशनाथ नगरपालिकामा कर्फ्यु सरस्वतीको मूर्ति सेलाउने क्रममा झडप भएपछि रौतहट प्रशासनले ईशनाथ नगरपालिकामा कर्फ्यु जारी गरिएको छ। ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने क्रममा शुक्रबार दिउँसो र शनिबार साँझ दुई पक्षबीच झडप भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।
‘टिकटक नखोली सुखै छैन’
‘टिकटक नखोली सुखै छैन’ त्यसपछि टिकटक बन्दको मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि मुद्दा अझै विचाराधीन छ। पछिल्लो पटक टिकटकले नै सरकारलाई पत्र लेख्दै सर्त मान्न तयार रहेको बताएको छ। टिकटक बन्द गर्ने सरकारको निर्णयलाई केहीले समर्थन जनाए । केही सरकारको निर्णयको विरोध गरे। 
महेन्द्रनगर विकास समितिका तत्कालीन सूचना अधिकारी भट्टमाथि दुर्व्यवहार, दलियो कालोमोसो
महेन्द्रनगर विकास समितिका तत्कालीन सूचना अधिकारी भट्टमाथि दुर्व्यवहार, दलियो कालोमोसो मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा सङ्गठनका कार्यकर्ताले भट्टलाई शनिबार बिहान कालोमोसो दलेका हुन्। सरकारी जग्गा व्यक्तिका नाममा बनाउने कार्यमा भट्टको संलग्नता रहेको दाबी गर्दै क्रान्तिकारी युवा सङ्गठनले कालोमोसो दलेको हो।
तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना, २० जना घाइते
तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना, २० जना घाइते काठमाडौंबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा आज बिहान ठोक्किँदा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले जानकारी दिए । 
सबै सरकारी विद्यालयमा अंग्रेजी माध्यम
सबै सरकारी विद्यालयमा अंग्रेजी माध्यम सरकारी विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन गराउन थालेपछि निजी क्षेत्रका विद्यार्थी तथा अभिभावकको आकर्षण बढेको छ। स्थानीय पालिकाले पनि सामूदायिक विद्यालयको क्षमता बढाउन र शैक्षिक गुणस्तर वृद्धि गर्न लगानी बढाउन थालेका छन्।
पुटिनका आलोचक एलेक्सी नाभाल्नीको जेलमा मृत्यु
पुटिनका आलोचक एलेक्सी नाभाल्नीको जेलमा मृत्यु रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचकको मृत्यु भएको छ । लामो समयदेखि जेलमा रहेका एलेक्सी नाभाल्नीको शुक्रबार मृत्यु भएको बताइएको छ । नाभाल्नीलाई रुसमा पुटिनको सबैभन्दा ठूलो आलोचक मानिन्थ्यो । नाभाल्नी २०२१ मा सरकार विरोधी प्रदर्शनको लागि जेलमा परेका थिए । यसअघि पनि नाभाल्नीलाई विष खुवाएर मार्ने प्रयास भएको थियो...
मोटोपनाले हैरान हुनुहुन्छ ? आजैदेखि सुधार गर्नुहोस् खानपान र व्यवहार
मोटोपनाले हैरान हुनुहुन्छ ? आजैदेखि सुधार गर्नुहोस् खानपान र व्यवहार ३० मिनेटको हल्का व्यायाम तपाईंलाई स्वस्थ राख्न पर्याप्त हुन्छ । तौल घटाउनुका साथै मुटुको स्वास्थ्यका लागि पनि यो निकै फाइदाजनक हुन्छ । यी अभ्यासहरूमा छिटो हिड्ने, साइकल चलाउने र पौडी खेल्ने जस्ता अभ्यासहरू समावेश हुन सक्छन् । यसले शरीरमा धेरै भार पर्दैन र पर्याप्त क्यालोरीहरू पनि जल्छ । 
सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ, एक अर्ब हिनामिना गरेको आरोप
सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ, एक अर्ब हिनामिना गरेको आरोप बचतकर्ताहरूको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईँ पाण्डेलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरीले कार्यालय बुटवल डीएसपी विजयराज पण्डितले  बताए । पक्राउ परेका उनीहरूविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको पनि उनले बताए।
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक [तालिकासहित]
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक [तालिकासहित] कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो।
ठगी मुद्दामा डोनाल्ड ट्रम्पलाई तीन सय ५५ मिलियन डलर जरिवाना
ठगी मुद्दामा डोनाल्ड ट्रम्पलाई तीन सय ५५ मिलियन डलर जरिवाना अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या लगातार बढ्दै गएको छ । न्युयोर्कको एक अदालतले ट्रम्पलाई ठगी मुद्दामा सजाय सुनाएको छ । अदालतले उनलाई ३५५ मिलियन डलर जरिवाना तिर्न आदेश दिएको छ । अदालतले ट्रम्प र उनका छोराहरूलाई पनि सजाय र जरिवाना लगाएको छ ।
Weather Update