महेन्द्रनगर विकास समितिका तत्कालीन सूचना अधिकारी भट्टमाथि दुर्व्यवहार, दलियो कालोमोसो

कञ्चनपुर– महेन्द्रनगर विकास समितिका तत्कालीन सूचना अधिकारी पुष्पराज भट्टमाथि दुर्व्यवहार भएको छ।
मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा सङ्गठनका कार्यकर्ताले भट्टलाई शनिबार बिहान कालोमोसो दलेका हुन्। सरकारी जग्गा व्यक्तिका नाममा बनाउने कार्यमा भट्टको संलग्नता रहेको दाबी क्रान्तिकारी युवा सङ्गठनको छ।
महेन्द्रनगर विकासको ६३८ बिघा जमिन हिनामिना गरेको आरोप उनीमाथि लागेको छ। त्यस्तै भट्टले जमिन उपलब्ध गराइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौ रुपैयाँ लिइ खाएको आरोप पनि क्रान्तिकारी संगठनको छ।

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८० १६:५६













