News Griha :: न्यूजगृह
पुटिनका आलोचक एलेक्सी नाभाल्नीको जेलमा मृत्यु

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचकको मृत्यु भएको छ । लामो समयदेखि जेलमा रहेका एलेक्सी नाभाल्नीको शुक्रबार मृत्यु भएको बताइएको छ । 

नाभाल्नीलाई रुसमा पुटिनको सबैभन्दा ठूलो आलोचक मानिन्थ्यो । नाभाल्नी २०२१ मा सरकार विरोधी प्रदर्शनको लागि जेलमा परेका थिए । यसअघि पनि नाभाल्नीलाई विष खुवाएर मार्ने प्रयास भएको थियो । जसमा नवल्नीको ज्यान जोगिएको थियो ।

यसअघि नाभाल्नी केही दिनदेखि जेलबाट बेपत्ता भएको खबर आएको थियो । उनका वकिलले पनि उनीसँग कुरा गर्न नसकेको दाबी गरिएको थियो । कैदीको सूचीमा उनको नाम पनि हराइरहेको थियो ।  
तर, उनका वकिलले करिब २० दिनपछि भेट्न पाएका थिए । रुसी सरकारले नाभाल्नीलाई अत्यधिक चिसो आर्कटिक क्षेत्रमा रहेको जेलमा सारिएको थियो ।

नाभाल्नी यमलो नेनेट्सको खार्प क्षेत्रमा रहेको कारागारमा थुनिएको बताइएको छ । खर्पमा करिब ५ हजार मानिस बसोबास गर्छन् र यो क्षेत्र आर्कटिक सर्कलभन्दा माथि रहेको छ । 

जसका कारण यहाँ अत्याधिक चिसो छ र यहाँको अवस्था निकै खतरनाक छ । कारागारका कैदीहरूको बाहिरी संसारसँग कुनै सम्पर्क छैन र यो रसियाको सबैभन्दा खतरनाक जेलहरूमा गनिन्छ । यो क्षेत्र रुसको राजधानी मस्कोबाट दुई हजार किलोमिटर उत्तरपूर्वमा अवस्थित छ ।

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  ११:५९
Weather Update