यस्तो हुनेछ राष्ट्रिय सहकारी नियमन प्राधिकरणबुधबार, पुस १०, २०८१

बोक्सी आरोपमा महिलालाई कुटपिट गर्ने ४ जना पक्राउ बुधबार, पुस १०, २०८१ किटानी जाहेरी दिइएका मध्ये दुई जना फरार रहेकाले उनीहरुको खोजी जारी छ । पक्राउ परेका मध्ये मनोज चौधरी गुरुवा भएको प्रहरीको भनाइ छ । पुस ४ गते कुटपिटमा परेकी महिलाको धनगढीको नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।

जाडोयाममा ‘मोर्निङवाक’ सबेरैभन्दा अबेर उपयुक्त बुधबार, पुस १०, २०८१ गर्मीयामको तुलनामा चिसोयाममा हावामा प्रदूषण बढी हुन्छ । घाम नलाग्दासम्म चिसो हावा जमिनमै जमेको हुन्छ । त्यसैले एकाबिहानैको हावा बढी प्रदूषित हुने सम्भावना बढी हुने भएकाले विज्ञहरुले घाम लागेपछि मात्रै वाक गर्दा उपयुक्त हुने सुझाव दिएका छन् ।

काठमाडौं उपत्यकामा आज आंशिक बदली हुने बुधबार, पुस १०, २०८१ काठमाडौं उपत्यकाको आकाशमा पश्चिमी न्यूनचापीय प्रणालीका कारण बादल लागेको छ । मध्याह्नतिर यो हट्ने छ । साथै मङ्गलबारको तुलनामा आज मौसम सफा रहने । यहाँ अहिलेको तापक्रम ७.५ मापन गरिएको छभने अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहनेछ ।

मोरङमा अचेत अवस्थामा भेटिएकी महिलामाथि बलात्कार गरेको आरोपमा ३ जना पक्राउ बुधबार, पुस १०, २०८१ अचेत अवस्थामा भेटिएर उद्धार गरिएकी महिलाको बयानका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरुमा कटहरी गाउँपालिका-२ का १९ वर्षीय मोहम्मद रमजान सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मो गुल्जार छन् ।

आज ‘क्रिसमस डे’ मनाइँदै, कमलादीमा विशेष कार्यक्रम बुधबार, पुस १०, २०८१ आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन्।

सूर्यदर्शन सहकारी ठगी प्रकरण : कास्की अदालतमा छविको बयान सकियो, रविको शुक्रबार मंगलबार, पुस ९, २०८१ न्यायाधीश राईले अभियोजन पत्रमा भएका विषयसँग सम्बन्धित प्रश्नहरू नै गरेका जोशीका वकिल जगन्नाथ ढकालको भनाइ छ। उनका अनुसार न्यायाधीशबाट दुई दिन गरी जम्मा २३ वटा प्रश्न सोधिएका थिए भने जोशीले सबै प्रश्नको जवाफ दिएका छन्।

सूर्यदर्शन सहकारी ठगी प्रकरण : एमाले पूर्वप्रदेश सभा सदस्य मीना गुरुङ पक्राउ मंगलबार, पुस ९, २०८१ सूर्यदर्शन सहकारी ठगी काण्डमा पूर्वउपाध्यक्ष मीना गुरुङ पक्राउ परेकी छन्। उनलाई मंगलबार कास्की प्रहरीले घरबाटै पक्राउ गरेको हो। कास्की प्रहरीले गरेको अनुसन्धानपछि गएको शुक्रबार र आइतबार गरी जिल्ला अदालत कास्कीमा पेश गरिएीको अभियोजनपत्रमा मीनालाई पनि फरारको सूचीमा राखेर अभियोजन दर्ता गरिएको थियो।

आज दिनभर देशमा के–के भयो ? मंगलबार, पुस ९, २०८१ जाजरकोटका भूकम्प पीडितहरुले दोस्रो हिउँद पनि कष्टपूर्ण तरिकाले टहरामै बिताएको खबरदेखि पाँच महिनामा ४ अर्ब ९६ करोड रुपैयाँबराबरको गलैँचा निर्यात भएको खबरसम्म आज चर्चामा रहे ।

पृथ्वी राजमार्ग एकतर्फी खुल्यो मंगलबार, पुस ९, २०८१ जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी सुवास हमालले पहिरो पन्छाएर साना सवारी साधन दुईतर्फी र ठूला सवारी साधन एकतर्फी चलिरहेको जानकारी दिए ।
-1735046846.jpg)
काठमाडौं उपत्यकामा वर्षा मंगलबार, पुस ९, २०८१ पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यका सहित सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भूभागमा वर्षा भएको छ। काठमाडौंमा अहिले सिमसिम पानी परिरहेको छ । काठमाडौं उपत्यकामा मङ्गलबार पहिलो हिउँदे वर्षा भएको हो।

हातखुट्टा बाँधिएको अवस्थामा अचेत भेटिइन् एक महिला मंगलबार, पुस ९, २०८१ मोरङमा हातखुट्टा बाँधिएको अवस्थामा एक जना महिला अचेत भेटिएकी छन्। मंगलबार मध्यान्हमा कटहरी गाउँपालिका-२ स्थित बाँसको झ्याङमा एक जना महिला अचेत भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

नेपालगञ्ज शीतलहरको चपेटामा, चिसोले दैनिक जीवन प्रभावित मंगलबार, पुस ९, २०८१ ठण्डी बढेपछि केटाकेटी र वृद्धहरू बिरामी पर्न थालेको स्थानीय स्वास्थ्य संस्थाले जनाएका छन्। बाँके जिल्ला प्रशासन कार्यालयले शीतलहर चलेर चिसो बढेपछि बाँकेका सबै पालिकालाई शीतलहरमा सर्वसाधारणलाई जोगाउन विभिन्न उपाय अपनाउन आग्रह गरेको छ।